एनसेलले ल्यायो चाडपर्व लक्षित ‘कुरै कुरामा उपहार’ योजना
एनसेलले चाडपर्व लक्षित योजना अन्तर्गत बोनस टकटाइम र दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरूको अफर ल्याएको छ। एनसेल आजियाटा लिमिटेडले आउँदै गरेको दशैं, तिहार र छठ पर्वको अवसरमा आफ्नो भ्वाईस सेवाका ग्राहकका लागिआकर्षक योजना ‘कुरै कुरामाउपहार’ ल्याएको हो।
यस योजनाअन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले अन नेट, अफ नेट वाअन्तर्राष्टिय कल गरी तोकिएको निश्चितमिनेटको भ्वाइस सेवाप्रयोग गरी आकर्षक उपहारहरु जित्ने मौका पाउनेछन्।
दैनिक, साप्ताहिक र बम्पर उपहार यो योजनाको मुख्यविषेशताहरू हुन्। प्रिपेड ग्राहकले भ्वाइस सेवाको प्रयोग गरी जति धेरै कुराकानी गर्छन् त्यति नै धेरै उपहार जित्ने मौका पाउनेछन्। यो योजना आइतबार (असोज १८) देखि लागू भई आठ हप्ता अर्थात मंसिर १३ सम्म कायम रहने एनसेलले जनाएको छ।
चाडपर्वको अवसरमा ल्याइएको यो योजनाबाट फाइदा लिन एनसेलका प्रिपेड ग्राहकले १७१०७ मा डायल गरी सजिलै निःशुल्क सहभागि हुन सक्नेछन्। यस योजनामा सहभागि हुने बित्तिकै ग्राहकले हरेक दिन भ्वाइस कल गर्नका लागि निश्चित मिनेटको लक्ष्य पाउनेछन्। तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्ने बित्तिकै ग्राहकले त्यही दिनको मध्यरात सम्मको समयसीमा रहेको बोनस अन नेट टक टाइम तुरुन्तै पाउनेछन् र यस योजनाअन्तर्गतको उपहार जित्न योग्य हुनेछन्।
यस आकर्षक योजनाको उपहारका रुपमा तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्ने ग्राहकलाई दैनिक अन नेट बोनस टक टाइम, हरेक दिन ७०० जना ग्राहकलाई रु २०० बोनस ब्यालेन्स, सात जना ग्राहकलाई सामसुङ ग्यालेक्सी एम ०१ एस र बम्पर उपहारमा २ जनाग्राहकलाई सामसुङ ग्यालेक्सी नोट २० रहेका छन्।
यस योजनामा दैनिक धेरै मिनेट कुरा गर्ने ग्राहकहरु मध्य प्रत्येक प्रदेशबाट हरेक दिन १०० जना भाग्यशाली ग्राहकहरुलाई उपहार दिइनेछ। दैनिक उपहार अन्तर्गत ग्राहकले रु २०० बोनस ब्यालेन्स प्राप्त गर्नेछन्।
यसरी प्राप्तहुने बोनस ब्यालेन्स १५ दिनको लागिमान्य रहनेछ र उक्तबोनस ग्राहकले एनसेल नेटवर्क भित्रकल, एसएमएस गर्न तथा डेटा चलाउन प्रयोग सक्नेछन्।
साप्ताहिक उपहारमा साताभरी धेरै कुरा गर्ने ग्राहकहरुमध्ये सातै प्रदेशका १-१ जना गरी ७ जना भाग्यशाली ग्राहक छनोट गरिनेछ। प्रत्येक भाग्यशाली ग्राहकले सामसुङ ग्यालेक्सि एम०१एस ह्याण्डसेट उपहार स्वरुप प्राप्त गर्नेछन्।
त्यसैगरी यो योजना अवधिभर सबै भन्दा बढि मिनेट कुरा गर्ने दुई भाग्यशाली ग्राहकले बम्पर उपहार प्राप्त गर्नेछन् । बम्पर उपहारमा सामसुङ ग्यालेक्सी नोट २० रहेको छ।
यो योजना साप्ताहिक चक्रमा संचालन हुनेछ । साप्ताहिक चक्र आइतबार शुरु भई शनिबार समाप्त हुनेछ। दैनिक, साप्ताहिक र बम्पर उपहार हस्तान्तरणका लागि एनसेलले आवश्यक ग्राहक प्रमाणिकरण प्रक्रिया अपनाई सिमको वास्तविक ग्राहकहरुलाई मात्र उपहार हस्तानतरण गर्नेछ।