शत्रुघन सिन्हा कांग्रेस प्रवेश गर्ने
कलाकारिताबाट राजनीतिमा प्रवेश गरेका भारतीय जनता पार्टीका नेता तथा सांसद शत्रुघन सिन्हा भारतीय कांग्रेस पार्टीमा प्रवेश गर्ने भएका छन् ।
उनले यसै विषयमा बिहीबार भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीसँग भेटवार्ता गरेका छन् ।
भाजपा परित्याग गरी कांग्रेस प्रवेश गर्ने तयारी स्वरूप उनीहरूका बीचमा भेटवार्ता भएको समाचारमा जनाइएको छ ।
आउँदो अप्रिल ६ तारिखका दिन सिन्हा कांग्रेसमा प्रवेश गर्ने तय भएको कांग्रेस नेताहरूले जानकारी दिएका छन् ।
उनले मोदीको पार्टीबाट निर्वाचनका लागि टिकट नपाएपछि कांग्रेस प्रवेश गर्न लागेको बताइएको छ ।
पटनाको सहिब निर्वाचन क्षेत्रबाट टिकट दिन मोदीले अस्वीकार गरेका छन् । उनी अहिले पनि भाजपाका सांसद हुन् ।
‘भाजपामा लोकतन्त्र छैन, तानाशाही प्रभाव छ, त्यही भएर मैले भाजपा छोड्ने र कांग्रेसमा प्रवेश गर्ने निर्णय गरेको हुँ,’ उनले भने ।
उनले आफू पहिलेदेखि नै नेहरु गान्धी परिवारप्रति श्रद्धा गर्ने व्यक्ति भएकाले पनि कांग्रेस पार्टी प्रवेश गर्न मन लागेको बताए ।
उनले यसअघि निर्वाचन लडेको निर्वाचन क्षेत्रमै अहिले कांग्रेस पार्टीबाट निर्वाचन लड्ने पनि जानकारी दिएका छन् ।
कांग्रेसको विहार प्रमुख शक्ति सिंह गोहिलले पार्टीको ‘स्टार लिडर र स्टार क्याम्पेनर’ का रूपमा सिंहले काम गर्ने बताए ।
सिन्हा सन् २००९ र २००१४ मा पटना साहिबबाट लोकसभामा निर्वाचित भएका थिए ।
सात चरणमा हुन लागेको भारतको लोकसभा निर्वाचन अन्तर्गत विहारमा अप्रिल ११ देखि मे १९ सम्म मतदान हुने कार्यतालिका रहेको छ ।