उपत्यकामा कोरोना संक्रमण बढ्न थालेपछि सिंहदरबारका कर्मचारीको पीसीआर परीक्षण
![उपत्यकामा कोरोना संक्रमण बढ्न थालेपछि सिंहदरबारका कर्मचारीको पीसीआर परीक्षण](https://www.himalkhabar.com/uploads/posts/800X600/Corona_1596087688_1597680755.jpg)
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले देशकै मुख्य प्रशासकिय केन्द्र सिंहदरबारभित्रका कर्मचारीको पीसीआर परीक्षण थालेको छ।
सिंहदरबारभित्रका कार्यालयमा कार्यरत कार्यालय सहयोगी, सवारी चालक र प्रत्यक्ष बाहिरी मान्छेको सम्पर्कमा रहने ७ सय कर्मचारीहरूको पीसीआर परीक्षणका लागि बुधबार नमुना संकलन गरीएको छ।
![](https://demo.himalkhabar.com/uploads/editor/NewFolder/Karmachari_2.jpg)
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईंका अनुसार सिंहदरबारभित्रका सबै कार्यालयका करिब ७ सयजना कर्मचारीको नमुना संकलनको तयारी भएको छ। परीक्षणपछि उपत्यका भित्रको अवस्था के छ भनेर आंकलन गर्न सकिने उनको तर्क छ।
![](https://demo.himalkhabar.com/uploads/editor/NewFolder/Karmachari_3.jpg)
काठमाडौं उपत्यकामा मंगलबार मात्रै ६१ जनामा कोरोना संक्रमण देखिएको थियो। जसमा ३२ जना प्रहरी प्रधानकार्यालयमा कार्यरत रहेका छन्।
उपत्यकामा कुल संक्रमितको संख्या ४ सय ७७ पुगेको छ। काठमाडौँंमा ३३६, ललितपुरमा ९० र भक्तपुरमा ५० जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कमा राखिएको छ।
![](https://demo.himalkhabar.com/uploads/editor/NewFolder/Karmachari_4.jpg)
![](https://demo.himalkhabar.com/uploads/editor/NewFolder/Karmachari_5.jpg)
![](https://demo.himalkhabar.com/uploads/editor/NewFolder/Karmachari_6.jpg)
![](https://demo.himalkhabar.com/uploads/editor/NewFolder/Karmachari_7.jpg)