तराई तथा मध्यपहाडी भूभागमा बाढी र पहिरोको खतरा
अहिले तराई तथा मध्यपहाडी भूभागमा भारी र मध्यम वर्षा भइरहेको छ। पहाडी क्षेत्रमा भारी वर्षाको वेला पहिरोको संभावना बढी हुन्छ।
ती क्षेत्रका नदीमा आकस्मिक बाढी पनि जानसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले नारायणी र महाकाली नदीको पानीको सतह बढिरहेको छ। दुवै नदीको पानीको सतह सतर्कता विन्दु नाघिसकेको र खतराको विन्दु नजिक पुगेको जनाइएको छ। बाढी सतर्कता केन्द्रले ती नदीका तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह गरेको छ।
आज कोशी, कर्णाली तथा सहायक नदीहरुमा पनि पानीको सतह सतर्कता विन्दु आसपास हुनेछ। यी नदीमा अकस्मिक बाढीको सम्भावनासमेत छ। कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई, तिनाउ र बाणगंगा नदीमा आकस्मिक बहाब भई पानीको सतह सतर्कता विन्दुसम्म पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।