विदेशी मुद्रा अपचलनको आरोप लागेको रेडक्रसको केन्द्रीय कार्यसमिति भंग, सरकारले बनायो तदर्थ समिति
लामो समयदेखि आर्थिक अनियमितता, विदेशी मुद्रा अपचलन र जग्गा खरिद प्रकरणलगायत मुद्दामा विवादमा परेको नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति सरकारले भंग गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले संजीव थापा नेतृत्वको रेडक्रस सोसइटीको वर्तमान कार्यसमिति भंग गरेको हो। सरकारले आजै डा. नेत्रप्रसाद तिम्सिनाको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।
सरकारले रेडक्रस सोसाइटीको विषयमा हालसम्म गठन गरिएका विभिन्न छानबिन समितिहरूको प्रतिवेदनले दोषी ठहर गरेपछि सरकारले नेपाल रेडक्रसमाथि कारवाही गरेको हो।
समितिको उपाध्यक्षहरूमा डा. विश्वकेशर मास्के, शर्मिला कार्की, महामन्त्रीमा पिताम्बर अर्याल, कोषाध्यक्षमा सीताराम कोइराला छन् भने उपमहासचिव पछि तोक्ने निर्णय भएको छ।
यो पनि:
तदर्थ समितिको सदस्यहरूमा होमप्रसाद पाठक, श्रीकृष्ण दाहाल, अरुण खनाल, तीर्थराज घिमिरे, लेखबहादुर हमाल, छेपाल दोर्जे लामा तामाङ, इन्द्रबहादुर गुरुङ, प्रताप बिष्ट, कुमार थापा र बाबुराजा महर्जन, शम्भुप्रसाद पोखरेल, शिवकुमार थापा छन्।
त्यसैगरी अशोक श्रेष्ठ, बाबुराम भट्टराई, उद्धवराज भट्टरार्य, चन्द्रकला कार्की, प्रदीप घिमिरे, नागेन्द्रप्रसाद चौधरी, उमेश थापा, लोकराज ढकाल, खेमराज केसी, दिपेन्द्र ढकाल, श्यामप्रसाद डोटेल, सुवोधकुमार सिंह, जीवन राना, महेन्द्र श्रेष्ठ, लोकदर्शन श्रेष्ठ र मोहन पोखरेल पनि तदर्थ समितिको सदस्यमा चयन भएका छन्।
पछिल्लो समय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मीनबहादुर शाही नेतृत्वको छानबिन समितिको निष्कर्ष अनुसार रेडक्रसलाई १० बुँदे स्पष्टीकरण सोधे पनि चित्त बुझ्दो जवाफ नभएपछि विघटन गर्नुपर्ने प्रस्ताव मन्त्री पार्वत गुरुङले मन्त्रिपरिषदमा लगेका थिए।