थप समाचार मंगलबार, साउन १३, २०७७

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघ्यो

हिमालखबर

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघ्यो

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघेको छ। त्यहाँ पछिल्लो २४ घन्टामा ५७० जनाको मृत्यु भएको छ।

गएकाे सात दिनमा पछिल्लो तीन दिन मृत्यु हुनेको संख्या एक हजारभन्दा तल रहेको हो। आइतबार र शनिबार क्रमशः ४५० र ९०८ जनाको मृत्यु भएको थियो।

अहिलेसम्म अमेरिकामा कूल ४४ लाख ३२ हजार १०५ जना संक्रमित छन्। तीमध्ये २१ लाख ३३ हजार ५८२ जना निको भएका छन्। उपचाररत संक्रमितको संख्या २१ लाख ४८ हजार १०५ छ।

पछिल्लो २४ घन्टामा अमेरिकामा ६० हजारभन्दा बढी संक्रमित भेटिएका छन्। त्यहाँ चार वटा राज्य क्यालिफोर्निया, न्यूयोर्क, फ्लोरिडा र टेक्सासमा कूल संक्रमितको संख्या चार लाखभन्दा माथि छ।

सबैभन्दा धेरै मृतकको संख्या न्यूयार्क र न्यूजर्सीमा छ। न्यूयोर्कमा ३२ हजार ७०८ र न्यूजर्सीमा १५ हजार ८८९ जनाको मृत्यु भइसकेको छ। न्यूजर्सीमा कूल संक्रमित एक लाख ८५ हजार ७५६ छ।

प्रतिकृया दिनुहोस