अर्थ/बजार आइतबार, साउन ४, २०७७

शाओमीको ‘मी राउटर ४ सी’ बजारमा

हिमालखबर

शाओमीको ‘मी राउटर ४ सी’ बजारमा

शाओमी ग्लोबल टेक्नोलोजीले ४ साउनदेखि मी राउटर ४ सी नेपाली बजारमा ल्याएकाे छ।

मी राउटर ४ सी अधिकतम ३०० एमबीपीएस को नेटवर्क गतिसम्म पुग्न सक्ने राउटर भएको शाओमीले जनाएको छ।

डुअल कोर सीपीयू र ६४ एमबी र्‍यामले ३२ वटा डिभाइससम्म छिटो र स्थिर कनेक्सन सुनिश्चित गर्ने पनि जनाएको छ।

मी वाईफाई एप मार्फत सजिलै सेटअप गर्न सक्ने, प्यारेन्टल कन्ट्रोल र गेस्ट नेटवर्क सेटिङ जस्ता स्मार्ट फङ्सन भएकाे पनि जनाइएको छ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “आकर्षक विशेषता र गेम परिवर्तन गर्ने मूल्यका साथ मी राउटर ४सी ले नेपालको राउटर बजारमा परिवर्तन ल्याउने छ।”

मी राउटर ४ सी रु. २३९९ मा आजदेखि बजारमा खरीद गर्न सकिने पनि शाओमीले जनाएको छ।

प्रतिकृया दिनुहोस