टिप्पणी विहीबार, साउन १, २०७७

डोनाल्ड ट्रम्प आफैं बनाउँदैछन् चुनाव हार्ने आधार

हिमालखबर

डोनाल्ड ट्रम्प आफैं बनाउँदैछन् चुनाव हार्ने आधार

सन् २०१६ मा संयुक्त राज्य अमेरिकाको राष्ट्रपति निर्वाचनमा उम्मेदवार भएसँगै डोनाल्ड ट्रम्पले विभाजनको राजनीति शुरू गरे। काला र गोरा, आप्रवासी र मूलवासी जस्ता सीमा कोरेरै उनले चुनाव जिते।

त्यतिवेला अमेरिकी निर्वाचनमा चासो राखिरहेका विश्वका धेरै विश्लेषक उनको हारको अनुमान लगाइरहेका थिए। यसपटक पनि आगामी नोभेम्बरमा हुने निर्वाचनमा ट्रम्पले जित्छन्/जित्दैनन् भन्ने अनुमान शुरू भइसकेको छ। ट्रम्पले पुरानै शैलीमा चर्का नारा दिंदै चुनावी सभा थालिसकेका छन्। तर, आगामी चुनावी नतिजामा ‘सरप्राइज’ दिन उनलाई सजिलो छैन।

कृष्ण वाग्ले

अमेरिकाका अघिल्ला राष्ट्रपतिहरू भन्दा विल्कुल भिन्न स्वभावका ट्रम्प आफ्नो जनमतको आधार चिन्न र तिनका चाहनासँग समाहित हुन माहिर मानिन्छन्। त्यस क्रममा आफ्ना विरोधी विरुद्ध कडा ढंगले प्रस्तुत हुन्छन्। यही कडा र टर्रो स्वभाव यसपटक उनको हारको कारण बन्न सक्छ।

राष्ट्रपति ट्रम्प विरुद्ध डेमोक्रेटिक उम्मेदवार जो बाइडेन चुनावी मैदानमा छन्। उनी पूर्वराष्ट्रपति बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपति थिए। बाइडेनको व्यक्तित्व ट्रम्पभन्दा भिन्न छ। उनी शान्त, भद्र र तार्किक छन्। तर, ट्रम्पको शक्ति भनेको उनी बहालवाला राष्ट्रपति हुनु नै हो।

अमेरिकी राजनीतिको समकालीन इतिहास हेर्ने हो भने बहालवाला राष्ट्रपतिलाई चुनाव हराउन त्यति सहज छैन। त्यसको खास कारण मतदाताहरू बहालवाला राष्ट्रपतिको कार्यशैलीसँग परिचित हुनुलाई मानिन्छ। सामान्यतया केही गुनासा असन्तुष्टि भए पनि बरु वहालवाला राष्ट्रपतिकै निरन्तरता अर्थात् भोगिरहेकै अवस्था, नयाँ व्यक्तिको आगमनसँगै बन्ने ‘अज्ञात भय’को मनोविज्ञान भन्दा उचित हुने बुझाइले काम गरेको हुन्छ । तर अहिले यो बुझाइ ट्रम्पका हकमा भने लागू नहुने सम्भावना अधिक छ।

बीसौं शताब्दीमा जम्मा पाँच जनाले मात्र दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गर्न पाएनन्। बाइडेनको चुलिंदै गएको लोकप्रियताले एक्काइसौं शताब्दीमा चुनाव हार्ने ट्रम्प पहिलो राष्ट्रपति बन्न सक्छन्।

ट्रम्पभन्दा अघिका तीन राष्ट्रपतिहरूले आठवर्षे कार्यकाल पूरा गर्न सफल भए। विद्यमान अमेरिकी कानून अन्तर्गत एकै व्यक्ति दुई पटकभन्दा बढी राष्ट्रपति हुन मिल्दैन। प्रायः अमेरिकी आठ वर्षलाई राष्ट्रपतिको पूरा कार्यकाल मान्छन्। चार वर्षमा हुने निर्वाचन राष्ट्रपतिको मध्यावधि मूल्याङ्कन हो।

तर, खास अवस्थाका कारण जनतामा असन्तुष्टि चुलियो भने वा प्रतिद्वन्द्वी उम्मेदवार अत्यन्त लोकप्रिय भैदियो भने दोस्रो कार्यकालको चुनावमा बहालवाला राष्ट्रपति हारेका उदाहरण पनि छन्। बीसौं शताब्दीमा जम्मा पाँच जनाले मात्र दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गर्न पाएनन्। बाइडेनको चुलिंदै गएको लोकप्रियताले एक्काइसौं शताब्दीमा चुनाव हार्ने ट्रम्प पहिलो राष्ट्रपति बन्न सक्छन्।

यी हुनसक्छन् पराजयका कारण

ट्रम्पलाई सबैभन्दा ठूलो चुनौती कोरोनाभाइरसले ल्याएको विपत्ति हो। महामारीका कारण व्यापार चौपट छ। यसै वर्षको अप्रिलमा बेरोजगारी दर बढेर लगभग १५ प्रतिशत पुगेको थियो, जुन तीसको दशकको आर्थिक मन्दी यताको सबैभन्दा उच्च हो। जून महीनामा यो दर केही घटेर करीब ११ प्रतिशतमा आएको छ। सामान्य अवस्थामा अमेरिकाको लागि यो बेरोजगारी दर पनि भयावह हो। कोरोना संक्रमणअघि बेरोजगारी दर करीब ३.५ प्रतिशत थियो।

त्यसो त कोरोनाभाइरस संक्रमण र अर्थतन्त्रमा त्यसले पारेको प्रभावभन्दा बढी ट्रम्प आफैंले कोरोना नियन्त्रणका क्रममा चालेका कदम उनको विजयको बाटोमा तगारो बन्न सक्छन्। शुरूमा उनले कोरोनाभाइरसको प्रभावलाई नजरअन्दाज गरे, जसका कारण चाँडै नै यसले महामारीको रूप लियो। न्यूयोर्क शहरमा अति घातक रूपमा फैलियो। त्यसपछि पनि उनले देशैभरि लक्षित केन्द्रीकृत योजना ल्याउने सुझावलाई इन्कार गर्दै हरेक राज्यलाई आ–आफ्नो हिसाबले चल्न अनुमति दिए। महामारीको प्रकोप नसकिंदै व्यापार–व्यवसाय खुला गर्न राज्यहरूलाई दबाब दिए।

संक्रमण रोक्न मास्क लगाउनुपर्ने सुझावलाई पनि हँसिमजाक बनाए। अहिले आफैं मास्क लगाउन थाले। महामारी पहिलेभन्दा तीव्र गतिमा फैलिरहेको वेला उनी आउने शैक्षिक सत्रमा विद्यालय र विश्वविद्यालयहरू खोल्नैपर्ने जिद्दी गरिरहेका छन्।

ट्रम्पले चाँडै व्यापार–व्यवसाय खोलेकोमा स्याबासी पाएका राज्यहरू विशेषगरी फ्लोरिडा र टेक्ससमा अहिले कोरोना अत्यन्त तीव्र गतिमा फैलिरहेको छ। यी राज्यका केही शहरमा अस्पतालका आपत्कालीन कक्षाहरू बिरामीले भरिएका छन्। न्यूयोर्कभन्दा भयानक अवस्था आउन सक्ने त्रास उब्जिएको छ।

ट्रम्प अझै पनि परिस्थिति नियन्त्रणमै रहेको, चाँडै नै कोरोना विरुद्धको खोप पत्ता लाग्ने, मृत्युदर कम रहेको आदि कुरा गर्दै जनतालाई ढाडस दिन तल्लीन छन्। तर उनले कोरोनाभाइरसलाई नियन्त्रणमा लिन चालेको कदम असफल भएको धेरैजसोको ठहर छ।

ट्रम्पकी भतिजी मेरी ट्रम्पले लेखेको पुस्तक ‘टु मच– नेभर एनफ’ पनि यसै साता बजारमा आउँदैछ। यो पुस्तकमा ट्रम्पको गलत हुर्काइका कारणले उनी संसारको स्वास्थ्य, आर्थिक सुरक्षा र सामाजिक सम्बन्धका लागि खतरा भएको उल्लेख गरिएको छ।

ट्रम्पका पूर्व सहकर्मीहरूले उनका कतिपय विवादास्पद विषय बाहिर ल्याएर अप्ठ्यारो पारेका छन्। अप्रिल २०१८ देखि एक वर्ष उनका सुरक्षा सल्लाहकार रहेका जोहन बोल्टनले लेखेको पुस्तक ‘द रुम ह्वेर इट ह्यापेन्ड’ मा निर्वाचनका लागि चीनसँग सहयोग मागेको विषय उल्लेख छ। पुस्तकमा बोल्टनले ट्रम्पका धेरै गोप्य विषय सार्वजनिक गरिदिएका छन्। यो पुस्तकलाई ह्वाइट हाउसले प्रकाशन गर्न नदिने प्रयास पनि गरेको थियो।

ट्रम्पकी भतिजी मेरी ट्रम्पले लेखेको पुस्तक ‘टु मच– नेभर एनफ’ पनि यसै साता बजारमा आउँदैछ। यो पुस्तकमा ट्रम्पको गलत हुर्काइका कारणले उनी संसारको स्वास्थ्य, आर्थिक सुरक्षा र सामाजिक सम्बन्धका लागि खतरा भएको उल्लेख गरिएको छ। डोनाल्ड ट्रम्पका सहयोगीहरूले पुस्तक रोक्न प्रयास गरे पनि सफल हुनसकेका छैनन्।

विभिन्न मत सर्वेक्षणले पनि ट्रम्पको बहिर्गमन हुने देखिएको छ। विभिन्न संचार गृहहरूले मतदाताहरूबीच गरेको सर्वेक्षणमा ट्रम्प, बाइडेनभन्दा दोहोरो अंकभन्दा बढीले पछाडि परेको देखिएको छ। तर चुनाव आउन अझै साढे तीन महीना बाँकी हुनाले यी सर्वेक्षणकै आधारमा ट्रम्पले हार्ने आकलन गर्नु हतार हुनसक्छ। ट्रम्प पहिलेभन्दा कमजोर भने पक्कै छन्।

समर्थकलाई जितकै आशा

राष्ट्रपति हुनुअघि ट्रम्प ‘रियल स्टेट’ का सफल व्यापारी थिए। विगतको चुनावमा उनले संसारको लागि मतलब नगर्ने तर अमेरिकी जनताको लागि काम गर्ने वाचा गरेका थिए। त्यसैलाई आधार बनाई चीनबाट आयातीत सामानमा कर बढाउने, नेटोमा दिइँदै आएको अमेरिकी अनुदान कटौती गर्ने, क्यानाडा र मेक्सिकोसँग गरिएका व्यापार सम्झौता खारेज गर्ने आदि काम गरे। यी सबै काममा विरोधीहरूबाट आलोचना भयो। समर्थकका आँखामा भने उनी साहसिलो र अमेरिकी जनताप्रति प्रतिबद्ध नेता देखिए।

कर्पोरेटले तिर्ने करलाई ट्रम्पले अधिकतम ३५ प्रतिशतबाट घटाएर अधिकतम २० प्रतिशत बनाए। हुन त यो निर्णय मुट्ठीभर धनीहरूको पक्षमा थियो। तर, यसले रोजगारी बढाउने ट्रम्पको दाबी थियो। तत्कालीन राष्ट्रपति बाराक ओबामाको कार्यकालको उत्तरार्द्धदेखीनै सुधार हुँदै गएको अमेरिकी अर्थतन्त्र रोजगारी सिर्जनाको हिसाबले ट्रम्पको कार्यकालमा बलियो भयो। ओबामाले गरेको सुधारको जस पनि उनले पाए।

पूँजीवादी अर्थतन्त्रमा आर्थिक चक्रका आधारमा नै मन्दी र समुन्नति चलिरहन्छ। तर, नेताहरूले स्वाभाविक रूपमा त्यसको जस आफूले लिने गर्छन्। ट्रम्पले पनि कोरोनाका कारण भएको बेरोजगारीलाई अस्थायी भएको र अर्थतन्त्र सुदृढ गराउने विश्वास दिलाए निर्वाचन जित्न सक्छन्। तर, अमेरिकी जनता त्यति बुद्धु होलान् भन्ने कल्पना गर्न सकिन्न।

ट्रम्पका समर्थकले प्रतिद्वन्द्वी बाइडेनका कमजोरी खोतल्न थालेका छन्। उनीहरू बाइडेनलाई अमेरिका विरोधी राष्ट्रहरूप्रति कडा हुन नसक्ने र हिम्मत नभएको नेताको रूपमा चित्रित गरिरहेका छन्। स्वभावतः बाइडेन ट्रम्पभन्दा नम्र, वस्तुपरक र तार्किक छन्। तर, अमेरिकी मतदाता अघिल्लो निर्वाचनमा ट्रम्पको चर्का कुरामा विश्वास गर्नतिर लागेका थिए।

पछिल्लो पटक चीन विरुद्ध आक्रामक रणनीति अपनाएर ट्रम्प आफूलाई निर्वाचनमा बलियो बनाउँदै छन्। कोरोना महामारी चीनकै कारण भएको बुझाइ भएका धेरै अमेरिकी यसबाट प्रभावित हुनसक्छन्।

बाइडेनको नम्र र यथार्थ बोल्ने स्वभावबाट ट्रम्पले फाइदा उठाउन सक्छन्। उदाहरणका लागि प्रहरी ज्यादती विरुद्ध भएका प्रदर्शनमा प्रदर्शनकारीमध्ये धेरैले अमेरिकामा प्रहरीलाई सरकारी अनुदान नदिने वा प्रहरी विघटन गर्नुपर्ने माग उठाए। ती मागलाई अराजक र उग्रवादी भनी आलोचना गर्ने ट्रम्पले उनका समर्थकको वाहवाही पाए। तर, बाइडेनले प्रहरी खारेज गर्न नमिल्ने, बरु सुधार गर्नुपर्ने बताएपछि प्रदर्शनकारी युवा उनीप्रति निराश भए। यस्ता पेचिला मुद्दामा प्रतिद्वन्द्वीलाई अप्ठ्यारो स्थितिमा पार्न ट्रम्प माहिर हुनाले उनलाई केही सजिलो हुनसक्छ।

पछिल्लो पटक चीन विरुद्ध आक्रामक रणनीति अपनाएर ट्रम्प आफूलाई निर्वाचनमा बलियो बनाउँदै छन्। कोरोना महामारी चीनकै कारण भएको बुझाइ भएका धेरै अमेरिकी यसबाट प्रभावित हुनसक्छन्। अर्कोतर्फ व्यापारमा प्रतिस्पर्धा चलेका कारण पनि चीनको आलोचना मतदाता आकर्षित गर्ने उपाय हुनसक्छ।

२०औं शताब्दीमा जो दोहोरिएनन्

पछिल्लो पटक रिपब्लिकन पार्टीकै उम्मेदवार जर्ज एचडब्लु बुश दोस्रो कार्यकालको निर्वाचनमा पराजित भएका थिए। सन् १९८८ मा राष्ट्रपति निर्वाचित उनी १९९२ मा पराजित भए।

पहिलो चुनावमा उनले थप कर नबढाउने वाचा गरेका थिए। तल्लो सदन 'हाउस अफ रिप्रिजेन्टेटिभ्स' र माथिल्लो सदन 'सिनेट' दुवैमा हावी डेमोक्रेटहरूसँग सम्झौता गर्नु परेपछि करहरूमा वृद्धि भयो।

त्यस्तै सोभियत संघको विघटनपछि अमेरिकाले विदेश नीतिभन्दा राष्ट्रिय महत्वका विषयमा ध्यान केन्द्रित गर्नुपर्ने मान्यता स्थापित भयो। त्यही वेला राष्ट्रपति बुश खाडी युद्धमा आफूले पाएको सफलतालाई चुनावी अजेन्डा बनाउने सुरमा थिए। तर, अनेकौं युद्धका कारणले अमेरिकाको अर्थतन्त्र कमजोर हुँदै थियो।

एक–डेढ वर्षअघिसम्मको सर्वेक्षणमा लोकप्रिय देखिएका राष्ट्रपति बुश १९९२ को चुनाव आउँदासम्ममा निकै अलोकप्रिय भइसकेका थिए। उनका प्रतिद्वन्द्वी डेमोक्रेटिक उम्मेद्वार विल क्लिन्टनले कर वृद्धिलाई बुशले दिएको धोकाको रूपमा प्रचार गरे। उनले राष्ट्रिय अर्थतन्त्र, रोजगारी जस्ता अजेन्डा अगाडि सारे। त्यही कारण उदीयमान युवा नेता विल क्लिन्टनले बुशलाई सजिलै पराजित गरे।

फोर्डलाई हराएर राष्ट्रपति बनेका जिम्मी कार्टरले पनि दोस्रो कार्यकाल ह्वाइट हाउसमा बिताउन पाएनन्। कार्टरको कार्यकालमा अमेरिकी अर्थतन्त्र निरन्तर ओरालो लागेको थियो।

३७औं राष्ट्रपति रिचर्ड निक्सनको दोस्रो कार्यकाल चलिरहँदा ‘वाटरगेट काण्ड’ का कारण सन् १९७४ मा राजीनामा दिन बाध्य भए। त्यसपछि तत्कालीन उपराष्ट्रपति जेराल्ड फोर्ड राष्ट्रपति भए। अर्को कार्यकालका लागि भएको निर्वाचनमा उनी पराजित भए। यसरी उनी कहिल्यै जनताबाट निर्वाचित नभएका राष्ट्रपति बन्न पुगे।

आफू राष्ट्रपति हुनेबित्तिकै निक्सनलाई फोर्डले माफी दिएर सम्भावित जेल सजायबाट बचाए। उनको यो कदमको सर्वत्र आलोचना भयो। यही कारण अलोकप्रिय बने। अमेरिकाको आर्थिक विकास ओरालो लागेको र मुद्रास्फीतिको अवस्थालाई नियन्त्रण गर्न नसकेको भनेर पनि उनको आलोचना भयो। फलस्वरुप उनलाई प्रतिद्वन्द्वी जिम्मी कार्टरले सजिलै हराइदिए।

फोर्डलाई हराएर राष्ट्रपति बनेका जिम्मी कार्टरले पनि दोस्रो कार्यकाल ह्वाइट हाउसमा बिताउन पाएनन्। कार्टरको कार्यकालमा अमेरिकी अर्थतन्त्र निरन्तर ओरालो लागेको थियो।

सन् १९७९ मा केही इरानी विद्यार्थीहरूले तेहरानस्थित अमेरिकी राजदूतावासमा आक्रमण गरी त्यहाँका ६० भन्दा बढी कर्मचारीलाई बन्दी बनाए। बन्दी बनाउनुको तात्कालिक कारण इरानका अपदस्थ राजालाई उनको क्यान्सरको उपचारको लागि अमेरिका आउन अनुमति दिइनु थियो। उक्त घटना विरुद्ध शुरूदेखि नै कडा रूपमा प्रस्तुत भए पनि कार्टरले बन्दीहरूलाई मुक्त गर्न सकेनन्। यसलाई पनि सन् १९८० मा भएको उनको पराजयको मुख्य कारण मानिन्छ।

३१औं राष्ट्रपति हर्बर्ट हुभर सन् १९२९ मा विजयी भएको केही समयमै अमेरिकी पूँजीबजार ध्वस्त भयो। अनि महामन्दी शुरू भयो। यो महामन्दीलाई संसारभरकै अर्थविद्हरूले अहिलेसम्मकै ठूलो धक्का मान्छन्। मन्दीको समयमा आर्थिक गतिविधि चलायमान गराउन र रोजगारीका अवसर सिर्जना गर्न अक्षम रहेको भनी उनको आलोचना भयो। फलस्वरुप उनी दोस्रो कार्यकालमा पराजित भए।

त्यस्तै २७औं राष्ट्रपति विलियम ट्याफ्ट पनि सन् १९१३ मा भएको निर्वाचनमा पराजित भएका थिए। पहिलो कार्यकाल अघिल्ला राष्ट्रपति थियोडर रुजवेल्टको सहयोगमा जितेका उनी दोस्रो चुनावमा तेस्रो स्थानमा खुम्चिए। लोकप्रिय रहेका रुजवेल्टसँगको मनमुटाव नै उनको पराजयको कारण थियो।

-वाग्ले हाल अमेरिकाको टेक्सासमा बसोबास गर्छन्।

प्रतिकृया दिनुहोस