खेलकुद विहीबार, असार २५, २०७७

उपाधि विजेता लिभरपुलको सहज जित

हिमालखबर

उपाधि विजेता लिभरपुलको सहज जित

इंग्लिस प्रिमियर लिगको उपाधि विजेता लिभरपुलले सहज जित निकालेको छ। बुधबार राति सकिएको खेलमा लिभरपुलले ब्रिङटोन विरुद्ध तीन–एकको सहज जित निकालेको हो।

खेलको छैटौं मिनेटमै लिभरपुलका लागि स्टार स्ट्राइकर मोहम्मद सलाहले गोल गर्दै अग्रता दिलाएका थिए। यसको दुई मिनेट नबित्दै जोर्डन हन्टरसनले अग्रता दोब्बर बनाए। दश मिनेट नबित्दै दुई–शून्यको अग्रता बनाएको लिभरपुल विरुद्ध पहिलो हाफको अन्तिम मिनेट ब्रिङटोनले गोल फर्काएका थिए। उसका लागि लेन्ड्रो ट्रोसार्डले ४५औं मिनेटमा गोल गरे।

पहिलो हाफमा दुई–एकको अग्रता बनाएको लिभरपुलका लागि फेरि सलाहले गोल थपे। उनको व्यक्ति दुई गोलसँगै लिभरपुलले सहज जित निकालेको छ। लिगको उपाधि भने लिभरपुलले जितिसकेको छ।

योसँगै लिभरपुलले ३४ खेलबाट ९२ अंक जोडिसकेको छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी लिभरपुल भन्दा २३ अंकले पछाडि पर्दै ६९ अंक जोडेको छ। यो सिजनमै लिभरपुलले दुई खेल मात्रै गुमाएको छ भने दुई खेल बराबरी भएको छ। बाँकी सबै खेल जितेको लिभरपुल सय अंक नजिक पुगिसकेको छ।

प्रतिकृया दिनुहोस