खेलकुद सोमबार, असार १५, २०७७

बार्सिलोनालाई पछि पार्दै रियल मड्रिड फेरि शीर्ष स्थानमा

हिमालखबर

बार्सिलोनालाई  पछि पार्दै रियल मड्रिड फेरि शीर्ष स्थानमा

स्पेनिस ला लिगामा बार्सिलोनालाई पछि पार्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ। सोमबार बिहान सकिएको खेलमा स्यापान्योल हराउँदै मड्रिड शीर्ष स्थानमा उक्लिएको हो।

यसपटक बार्सिलोनालाई मड्रिड दुई अंकले छोडेको छ। स्यापान्योललाई एक–शून्य गोल अन्तरले हराएको मड्रिडले प्रष्ट अग्रता लिएको हाे। मड्रिडले बार्सिसोनासँग गोल अन्तर पनि समान बनाएको छ।

मड्रिडका लागि पहिलो हाफको ४५औं मिनेटमा ब्राजिलियन कासिमिरोले गोल गरे। करिम बेञ्जिमाको एसिस्टमा उनले गरेको गोल नै निर्णायक बन्यो।

दोस्रो हाफमा पनि केही अवसर बनाएको मड्रिड गोल भने गर्न सकेन। खेलअवधिभर मड्रिड हाबी बन्यो। तर, अंक तालिकाको सवैभन्दा पुछारमा रहेको स्यापान्योलसँग मड्रिडलाई जित निकाल्न भने सजिलो थिएन।

जितसँगै, मड्रिडले ३२ खेलबाट ७१ अंक जोडेको छ। उपाधि होडमा रहेको बार्सिलोनाले भने समान खेलबाट ६९ अंक जोडेको छ। समान ६–६ खेल बाँकी रहेको छ। सवै खेल जित्दै मड्रिड च्याम्पियन बन्ने दाउमा छ।

प्रतिकृया दिनुहोस