अर्थ/बजार सोमबार, असार ८, २०७७

लक्ष्मी हुण्डाईले ल्यायाे विशेष प्याकेज

हिमालखबर

लक्ष्मी हुण्डाईले ल्यायाे विशेष प्याकेज

नेपालका लागि हुण्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.(लक्ष्मी हुण्डाई) ले हाल कोभिड(१९ को परिस्थितिलाई सहज बनाउन भन्दै विशेष प्याकेज ल्याएको छ।

यस प्याकेज अन्तर्गत ग्राहकहरुले विभिन्न किसिमका छुुट र अन्य फाइदाहरु प्राप्त गर्ने लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.(लक्ष्मी हुण्डाई) ले जनाएको छ।

विशेष प्याकेज अन्तर्गत हुण्डाई गाडीको खरीद गर्दा पहिलो वर्षको मासिक ब्यांक किस्तामा लक्ष्मी हुण्डाईले ५० प्रतिशतको साथ दिनेछ।

यसका साथै ग्राहकहरुले आकर्षक नगद छुट, एक वर्षको निस्शुल्क बीमा, निस्शुल्क सडक कर (आ.व.७७र७८) का साथै स्पट एक्स्चेन्ज र सरल फाइनान्सको पनि फाइदा लिन सक्ने बताएको छ ।

स्वास्थ्यकर्मीहरुका लागि पनि लक्ष्मी हुण्डाईले विशेष प्याकेज उपलब्ध गराएको छ । यससँगै चार वर्षको निस्शुल्क सर्भिस र तीन वर्षको वारेन्टी पनि उपलब्ध गराएको जनाएको छ ।

प्रतिकृया दिनुहोस