खेलकुद सोमबार, असार ८, २०७७

अग्रता जोगाउन नसक्दा चेल्सीसँग एस्टन पराजित

हिमालखबर

अग्रता जोगाउन नसक्दा चेल्सीसँग एस्टन पराजित

इंग्लिस प्रिमियर लिगमा आइतबार राति एस्टन भिल्ला विरुद्ध चेल्सीले उत्कृष्ट जित निकालेको छ। पहिलो हाफमै एस्टनले अग्रता निकालेको थियो। कोट्नी हाउसले ४३औं मिनेटमा गोल गर्दै टीमलाई चेल्सी विरुद्ध अग्रता दिलाएका थिए।

निकै कमजोर टीम एस्टनसँग पछाडि परेको चेल्सी दोस्रो हाफमा भने निकै उत्कृष्ट खेल्यो। मुख्यगरी ६ महीना पछाडि मैदानमा फर्किएका क्रिस्टियन पुलिसिकले टीमलाई बराबरीमा ल्याए। उनले ६०औं मिनेटमा गोल गर्दै टीमलाई बराबरीमा ल्याएका थिए।

तर, लगत्तै चेल्सीका लागि ओलिभर गिरोडले अग्रता दिलाए। गिरोडले ६२औं मिनेटमै थप गोल गर्दै टीमलाई अग्रता दिलाए। यसपछि एस्टनले गोल फर्काउन सकेन भने चेल्सीले थप गोल गर्न सकेन।

कोभिड महामारीका कारण स्थगित लिगमा चेल्सीले एस्टनलाई हराएसँगै तीन अंक थप गरेको छ। चौथौं स्थानमा रहेको चेल्सीले ३० खेलबाट ५१ अंक जोडेको छ। लिगमा लिभरपुलले उपाधि लगभग कब्जा गरिसकेको छ। एस्टनले भने अग्रता जोगाउँदै १६औं स्थानमा फड्को मार्ने अवसर पनि गुमाएको छ।

३० खेल खेलिसकेको एस्टन २६ अंक सहित १९औं स्थानमा छ।

प्रतिकृया दिनुहोस