टिप्पणी शुक्रबार, असार ५, २०७७

जर्ज फ्लोइड र नवराज विक हत्यापछि उठाइएका जातीय प्रश्न

हिमालखबर

जर्ज फ्लोइड र नवराज विक हत्यापछि उठाइएका जातीय प्रश्न
तस्वीरहरु: एपी/एएफपी

‘सबै जीवनको महत्व छ’ भन्ने नारा झट्ट सुन्दा आकर्षक लाग्छ । तर, यो ‘काला जातिको जीवनको महत्व छ’ नाराको जवाफ हुनाले रंगभेदी छ र विभेदलाई निरन्तरता दिनुपर्ने सन्देश बोक्छ ।

कृष्ण वाग्ले

फेसबूक हेर्दै थिएँ । झन्डै दुई दशकअघि सँगै क्याम्पस पढेका साथीको स्टाटसमा पुगेर रोकिएँ । स्टाटसको आशय थियो, “रुकुम चौरजहारी घटनामा दलितमाथि अत्याचार भयो भन्ने दलित साथीहरू आज कैलालीमा दलितबाट ब्राह्मण महिला बलात्कृत हुँदा किन मौन छन् ?”

यति पढेपछि मनभित्र एकैपटक अनेकौं प्रश्न उर्लिए । के रुकुम नरसंहार र कैलालीमा भएको बलात्कार दुवै जातीय उत्पीडनका कारण भएका हुन् त ? अनि के सबै अन्याय र अत्याचार विरुद्ध बोल्ने ठेक्का दलितको मात्र हो?

विश्व परिवेशलाई हेर्दा ती साथी जस्तै ‘ओठे प्रश्न’ गर्ने प्रवृत्ति संसारभरि छ। ओठे प्रश्न किन र कुन चेतनाले आउँछन् भन्ने छलफल हुनु जरूरी छ। यति नै वेला अमेरिकामा पनि जातीय उत्पीडन विरुद्ध आन्दोलन भइरहेको छ । श्वेतहरूको थिचोमिचो विरुद्ध अश्वेत मात्र नभई सचेत श्वेत पनि आन्दोलनमा छन् ।

विश्व परिवेशलाई हेर्दा ती साथी जस्तै ‘ओठे प्रश्न’ गर्ने प्रवृत्ति संसारभरि छ। ओठे प्रश्न किन र कुन चेतनाले आउँछन् भन्ने छलफल हुनु जरूरी छ।

यति नै वेला अमेरिकामा पनि जातीय उत्पीडन विरुद्ध आन्दोलन भइरहेको छ ।

श्वेतहरूको थिचोमिचो विरुद्ध अश्वेत मात्र नभई सचेत श्वेत पनि आन्दोलनमा छन् । आन्दोलनकै समयमा भएका केही घटनालाई अघि सारेर कतिपय श्वेतहरूले सार्वजनिक स्थलमा ‘ओठे प्रश्न’ गरेका छन्।

अमेरिकामा जर्ज फ्लोइडको हत्यापछि विराेध प्रदर्शन ।

सबैको जीवनको महत्व छ, अनि अश्वेतको ?

केही हप्ता अगाडि अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिस शहरमा अश्वेत नागरिक जर्ज फ्लोइडको हत्या भयो । श्वेत जातिका प्रहरी डेरेक चौभिनले उनलाई लडाएर घाँटीमा लामो समय थिचेकाले मृत्यु भएको थियो।

सन् २०१४ मा न्यूयोर्कका प्रहरी अधिकारीले यसै गरी एक अश्वेत नागरिकलाई पक्राउ गर्ने क्रममा लडाएर पाखुराले घाँटी थिचेका थिए। त्यहीकारण उनको मृत्यु भएको थियो । उनले पटक पटक ‘म श्वास फेर्न सक्दिनँ’ भनेका थिए । र यो नै उनको अन्तिम वाक्य भएको थियो।

जर्ज फ्लोइडको अन्तिम वाक्य पनि त्यही थियो । त्यसैले सन् २०१४ को प्रदर्शनमा जस्तै यसपटक पनि ‘म श्वास फेर्न सक्दिनँ’ नारा लगाइयो। साथै ‘ब्लाक लाइभ्स म्याटर’ अर्थात् ‘काला जातिको जीवनको महत्व छ’ नारा पनि जोडतोडले उठ्यो।

केही हप्ता अगाडि अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिस शहरमा अश्वेत नागरिक जर्ज फ्लोइडको हत्या भयो । श्वेत जातिका प्रहरी डेरेक चौभिनले उनलाई लडाएर घाँटीमा लामो समय थिचेकाले मृत्यु भएको थियो।

योसँगै अर्को दुःखद् आपराधिक घटना पनि भयो । गत साता क्यालिफोर्नियामा अपराध गरी भाग्ने क्रममा एक अश्वेतबाट श्वेत प्रहरीको हत्या भयो । ती प्रहरीको श्रद्धाञ्जली सभामा केही श्वेतहरूले उनको फोटोसहितको प्लेकार्ड बोकेका थिए। जसमा लेखिएको थियो, ‘के उनको जीवनको महत्व थिएन?’

यो ‘काला जातिको जीवनको महत्व छ’ नाराको ओठे जवाफ थियो । रंगभेद विरोधी आन्दोलन नरुचाउने तप्काबाट प्रतिवादमा अर्को नारा नै सिर्जना गरियो । त्यो थियो ‘अल लाइभ्स म्याटर’ अर्थात् ‘सबै जीवनको महत्व छ’।

झट्ट सुन्दा यो नारा आकर्षक छ । तर, यसले रंगभेदी चरित्रलाई नै उजागर गर्छ । विभेदलाई निरन्तरता दिने सन्देश बोक्छ । किनभने यो नाराले अश्वेतमाथि भएको विभेदलाई सामान्यीकरण गरेको छ । सबैको जीवनको महत्व छ भन्ने बुझेर अश्वेतलाई पनि व्यवहार गरिएको भए आज ‘काला जातिको जीवनको महत्व छ’ भनेर आन्दोलन गर्नै पर्दैनथ्यो।

अपराध र प्रणालीगत विभेद

अमेरिकामा जर्ज फ्लोइडको हत्या र रुकुमको नरसंहार दुवै जातका कारण भएका घटना हुन् । तर, अमेरिकामा गोरा पुलिसको हत्यापछि श्वेतहरूले ‘सबै जीवनको महत्व छ’ भन्नु र नेपालमा बलात्कारको घटनामा जात खोज्नु जातीय अहंकारले निम्त्याएको बदलाको भावना हो। किनभने पछिल्लो दुवै घटना प्रणालीगत विभेदका कारण नभई आपराधिक मानसिकताका उपज हुन्।

जर्ज फ्लोइड श्वेत थिए भने यसरी मारिनुपर्ने थिएन । उनलाई सम्मानपूर्वक सोधपुछ गरिन्थ्यो । आवश्यक परे सम्मानपूर्वक नै प्रहरी कार्यालय लगिन्थ्यो।

यता रुकुममा नवराज विक दलित नभएको भए कि बिहे गरिदिन्थे वा हप्काएर मात्र पठाउँथे। अथवा प्रहरीको जिम्मा लगाउँथे। यी दुवै घटना राज्यले खडा गरेको प्रणालीगत विभेदका कारण भएका हुन्।

जर्ज फ्लोइड श्वेत थिए भने यसरी मारिनुपर्ने थिएन । उनलाई सम्मानपूर्वक सोधपुछ गरिन्थ्यो। आवश्यक परे सम्मानपूर्वक नै प्रहरी कार्यालय लगिन्थ्यो। यता रुकुममा नवराज विक दलित नभएको भए कि बिहे गरिदिन्थे वा हप्काएर मात्र पठाउँथे । अथवा प्रहरीको जिम्मा लगाउँथे। यी दुवै घटना राज्यले खडा गरेको प्रणालीगत विभेदका कारण भएका हुन्।

रुकुमको घटनालाई कैलालीको बलात्कारसँगै राखेर हेर्नु प्रणालीगत विभेदलाई अस्वीकार गर्नु हो । यसले जानेर वा नजानेर विभेदलाई निरन्तरता दिन्छ।

त्यसैले प्रणालीगत विभेद र अपराधलाई छुट्याएर बुझ्नुपर्छ । प्रणालीगत विभेदको ऐतिहासिक पृष्ठभूमि हुन्छ । यो व्यापक हुन्छ र आम प्रवृत्तिसँग जोडिन्छ । दैनन्दिन हुने सामाजिक अपराधमा त्यस्तो ऐतिहासिक पृष्ठभूमि हुँदैन।

बलात्कारीले महिला बाहुन भएका कारण बलात्कार गरेका होइनन् । बरु महिला एक्लै भएको मौका छोपेका हुन् । प्रणालीगत विभेद अन्तर्गत यसलाई लैंगिक विभेद वा महिलामाथिको हिंसा भन्न सकिन्छ । तर, जातीय विभेद होइन । किनभने दलित जातिले उपल्लो जातिमाथि गरिने उत्पीडनको कुनै ऐतिहासिक पृष्ठभूमि छैन।

चौरजहारी घटनाका मृतक र वेपत्ताका आफन्तहरू । तस्वीर: प्रवीर

अमेरिकाको रंगभेद र नेपाली समाज

लगभग १५० वर्षअघि अमेरिकाबाट दासप्रथा उन्मूलन भएको थियो । सन् १८६५ मा अमेरिकी संसद्ले संविधानको तेह्रौं संशोधन मार्फत दासप्रथा उन्मूलन गर्ने कानून लागू गर्‍यो । यो कानूनलाई रंगभेद उन्मूलनको क्षेत्रमा कोसेढुंगा मानिएको थियो । तर, यति लामो समय बितिसक्दा पनि अश्वेतहरूले आफूहरूमाथि हुने बर्बरता विरुद्ध लडिरहनुपर्ने अवस्था छ।

कुनै पनि उत्पीडित जाति वा समुदायका भोगाइ र पीडा उत्पीडक समुदायका मानिसलाई महसूस गर्न असम्भव नै हुन्छ । सहानुभूति दर्शाउन सकिन्छ, तर अनुभूत गर्न सकिन्न।

यी सबै देख्दा नेपालमा हुने विभेदको सम्झना हुन्छ । त्यो विभेद कैयौं स्वरुपमा छन् । साँझ–बिहान एक्लै हिंड्दा पुरुषबाट हुने असुरक्षा वा कोही पुरुषहरू मात्र भएको स्थानमा लामो समय बस्नुपर्दाको डर महसूस गर्न महिलाले मात्र सक्छन् । पुरुष सहयोगी नबन्दा नै पीडक भएका हुन्।

त्यसैगरी अश्वेत जातिले बेहोर्नु परेको बुहार्तन, प्रहरीको हरेक चेकजाँचमा मारिनुपर्ने त्रास कुनै श्वेत वा अन्य जातिले भोग्नु पर्दैन । अश्वेतहरूले पाइला–पाइलामा अपमान भोग्नुपर्छ । चाहे स्टोर होस् वा ग्यास स्टेसन, विश्वविद्यालय होस् वा सरकारी कार्यालय जताततै विभेद र अपमान छ।

यी सबै देख्दा नेपालमा हुने विभेदको सम्झना हुन्छ । त्यो विभेद कैयौं स्वरुपमा छन् । साँझ–बिहान एक्लै हिंड्दा पुरुषबाट हुने असुरक्षा वा कोही पुरुषहरू मात्र भएको स्थानमा लामो समय बस्नुपर्दाको डर महसूस गर्न महिलाले मात्र सक्छन् । पुरुष सहयोगी नबन्दा नै पीडक भएका हुन्।

दलित र ब्राह्मणमा पनि यही नियम लागू हुन्छ । दलित भएर बाल्यावस्थादेखि नै भेदभाव, अपमान, घृणा र अवहेलना सहेर हुर्कंदा गुमाउनुपरेको आत्मविश्वास वा मनमा परेको चोट या गढेको आक्रोश अन्य समुदायले अनुभूत गर्न सक्दैन।

दलित भएर बाल्यावस्थादेखि नै भेदभाव, अपमान, घृणा र अवहेलना सहेर हुर्कंदा गुमाउनुपरेको आत्मविश्वास वा मनमा परेको चोट या गढेको आक्रोश अन्य समुदायले अनुभूत गर्न सक्दैन।

यो सबै भन्नुको तात्पर्य के हो भने उत्पीडित जाति र समुदायले कस्तो अनुभूति गर्छन् भनेर भन्ने अन्य जाति र समुदायले उनीहरूबाटै सुन्ने र त्यसबाट सिक्ने हो । आफैंले मनखुशी व्याख्या गरी आत्मरतिमा रमाउने होइन । त्यो समस्या समाधानको बाटो पनि होइन।

सबै उपल्ला जातिले सोच्न जरूरी छ कि समानताको आन्दोलन सबैका लागि हो । जातीय समानताले उपल्लो भनिने जातलाई रुकुम नरसंहारमा जस्तै अपराधी हुनबाट जोगाउँछ, वा जर्ज फ्लोइडका हत्याराले झैं पछुताउनु पर्दैन । त्यसैले यो अश्वेत वा दलितको मात्र नारा होइन।

प्रतिकृया दिनुहोस