टिप्पणी शुक्रबार, असार ५, २०७७

बढ्दै छ कृषिक्षेत्रमा उद्यमशीलता

हिमालखबर

बढ्दै छ कृषिक्षेत्रमा उद्यमशीलता
तस्वीर: कृष्णलाल कर्ण

कृषि क्षेत्रमा खेर गएका वस्तुमा पनि व्यावसायिक अवसरहरू पहिचान गर्न सकिन्छ । उदाहरणका लागि केराको फलबाट जाम, जूस, पातबाट टपरी, कम्पोष्ट मल उत्पादन र जुनार तथा सुन्तलाको खेर गइरहेको फूल प्रशोधन गरी सुगन्धित तेल निकाल्न सकिन्छ ।

कृष्णलाल कर्ण

सामान्यतः कुनै व्यक्तिले धान कुट्ने मिल स्थापना गर्यो भने उसलाई उद्यमी र सोही मिलको लागि आवश्यक कच्चा पदार्थ (धान) उत्पादन गर्ने व्यक्तिलाई भने किसान भनेर व्याख्या गरिन्छ । उद्यमी त एक खोजकर्ता हो जसले उपभोक्ताको चाहना पहिचान गरी त्यसलाई विश्लेषण गर्न सक्छ । त्यही आधारमा आफ्नो क्षमता अनुसार जोखिम मोलेर राज्यको मूल्यमान्यता भित्र रही लगानी गर्छ र वस्तु वा सेवा बिक्री गरेर नाफा आर्जन गर्छ।

कृषकले ऋणपान गरेर भए पनि लाखौं लगानी गरी टन्टलापुर घाम र मनसुनको झरी केही नभनी बालीनाली हुर्काउँछन् । बालीमा फल लहराएसँगै उनीहरूको मनमस्तिष्कमा आशाका किरण उदाउँछन् । कृषि उपज बिक्री गर्दाको पीडा र आम्दानीको हिसाब गर्दा भने सामान्यतः आशा निराशामा परिणत भइसक्छ। पर्साका कृषक योगप्रसाद भन्छन्, “गहभरी आँसुले भरिएका कृषक भाग्यलाई दोषी ठानी चित्त बुझाउन बाध्य छन्।”

कृषकको आवाज बारे कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख देवानन्द यादव भन्छन्, “प्रविधि, वितरण प्रणाली (सप्लाई चेन) र कृषिमा उद्यमशीलताको कमी भएकाले कृषक पीडित भएका हुन्।”

कृषकले ऋणपान गरेर भए पनि लाखौं लगानी गरी टन्टलापुर घाम र मनसुनको झरी केही नभनी बालीनाली हुर्काउँछन् । बालीमा फल लहराएसँगै उनीहरूको मनमस्तिष्कमा आशाका किरण उदाउँछन् । कृषि उपज बिक्री गर्दाको पीडा र आम्दानीको हिसाब गर्दा भने सामान्यतः आशा निराशामा परिणत भइसक्छ।

यसै क्रममा, विगत केही वर्षदेखि केरा, जुनार र सुन्तला उत्पादनमा कृषकको प्रयास, विज्ञहरूको विश्लेषण, व्यवस्थित वितरण प्रणाली (सप्लाई चेन) को अभ्यास बारे चर्चा गरिएको छ। 

उद्यमशीलताले ल्याएको आर्थिक उन्नति

बारा निजगढका हीरा मगरले एक हेक्टरबाट शुरू गरेको केरा खेती अहिले चार हेक्टरसम्म पु¥याएका छन्। उनी लगायत निजगढ नगरपालिकामा करीब एक हजार परिवारले व्यावसायिक केरा खेती गरिरहेका छन्।

सानो स्तरमा केरा खेती गरिरहेका हीरा एक्लैले वार्षिक १० लाखसम्म आम्दानी गर्छन्। उनी आफू किसान भए पनि उद्यमशीलताकै कारण आर्थिक सम्पन्नताको बाटोमा हिंडिरहेको महसूस गर्छन्।

यस वर्ष हावाहुरीले केरा खेती गर्ने किसानको करोडौंको क्षति भएको छ । केरा खेती गर्ने हीरा लगायतका किसानलाई भने खासै चिन्ता छैन, किनभने उनीहरूले केराको बीमा गरेका छन् । उनीहरूलाई व्यवसाय गर्दा जोखिमबाट बच्न अपनाउनुपर्ने उपाय बारे थाहा थियो ।

सानो स्तरमा केरा खेती गरिरहेका हीरा एक्लैले वार्षिक १० लाखसम्म आम्दानी गर्छन् । उनी आफू किसान भए पनि उद्यमशीलताकै कारण आर्थिक सम्पन्नताको बाटोमा हिंडिरहेको महसूस गर्छन्।

हुनत वर्षौंदेखि चितवन जिल्लामा भइरहेको केरा उत्पादनको आफ्नै इतिहास छ । पूर्वी तराईमा धेरै किसानले त्यहींबाट सिकेर खेती गरिरहेका छन् । हीरा मगर पनि तिनैमध्येका एक हुन्।   

हेल्भेटास नेपाल ‘इलम’ परियोजनाका क्षेत्रीय व्यवसाय विकास अधिकृत टेकबहादुर सिंहका अनुसार उद्यमशीलताले व्यक्तिलाई प्रतिस्पर्धात्मक बजारमा प्रवेश गर्ने क्षमताको विकास गर्छ । उसले ज्ञान, सीप, जोखिम, लगानी र मागलाई मापन गरी वस्तु र सेवा उत्पादन गर्दछ ।

यसैकारण केरा खेती गर्ने किसानको दक्षता वृद्धि गर्न, सरकारी, गैरसरकारी तथा निजी क्षेत्रको सहभागितामा सीप, प्रविधि, वित्तीय सेवा, बीमा तथा उद्यमशीलता जस्ता सेवाहरू कञ्चनपुरदेखि पूर्वी तराईसम्म अभियानकै रूपमा सञ्चालन भएका छन्।

सानो स्तरमा केरा खेती गरिरहेका हीरा एक्लैले वार्षिक १० लाखसम्म आम्दानी गर्छन्। उनी आफू किसान भए पनि उद्यमशीलताकै कारण आर्थिक सम्पन्नताको बाटोमा हिंडिरहेको महसूस गर्छन्।

केरा उत्पादक तथा व्यावसायिक संघ कञ्चनपुरका अध्यक्ष सुरेन्द्रकुमार चौधरी प्रतिहेक्टर रु.४ लाखदेखि रु.५ लाखसम्म आम्दानी हुने भएकाले कृषकहरू यो खेतीतर्फ आकर्षित भएको बताउँछन् ।

गाउँ–गाउँमा हजारौं हेक्टरमा विस्तार हुनुको कारण पनि यही हो । केरा खेतीमा बढेको उद्यमशीलताकै कारण अहिले करीब एक लाख व्यक्ति आवद्ध भएका छन्।

केरा बिक्री गर्न पठाउनु अघि सरसफाइ गरिँदै

केरा पकाउन प्रविधिको प्रयोग

कञ्चनपुर जिल्लाका उद्यमी हेमन्तराज जोशीले नेपालमा पहिलो पल्ट विद्युतीय प्रविधिबाट केरा पकाउन थाले । अब केरा पकाउन कुनै केमिकल प्रयोग गर्नुपर्ने अवस्था छैन किनभने अहिले उनले भित्र्याए जस्तै प्रविधि अन्यत्र पनि ल्याइसकिएको छ । यो पनि उद्यमशीलता विस्तारको अर्को नमूना हो।

अहिले जोशीको उद्योगमा १७ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् भने उनले साना–मझौला २०० किसानले उत्पादन गरेको केरा खरीद गर्ने गरेका छन् । यस प्रविधिबाट एकै पटक टनका टन केरा पकाउन सकिन्छ । उनी स्वयं भने वैदेशिक रोजगारी (कोरिया) मा गएर फर्किएका किसान हुन्।

नर्सरी ।

एकै पटक धेरै बिरुवा

नेपालमा निजी क्षेत्रले टिस्युकल्चर प्रविधिको ल्याव स्थापना गरी वार्षिक ८ लाखभन्दा बढी केराका बिरुवा उत्पादन गरिरहेका छन् । युवा उद्यमीहरूले पनि ठूला–ठूला नर्सरी स्थापना गरी गाउँ र टोलसम्म बिरुवा बिक्री वितरण गरिरहेका छन्।

कृषि विभागको तथ्यांक अनुसार २०६७/६८ सम्म नेपालमा ८ हजार ५१६ हेक्टरमा केरा खेती भइरहेको थियो । २०७४/७५ मा भने केरा खेती विस्तार भएर १८ हजार हेक्टरमा लगाउन थालियो । त्यसमध्येको १५ हजार ७६५ हेक्टरबाट २ लाख ५४ हजार ४०० मेट्रिक टन केरा उत्पादन भयो । वृद्धि हुने क्रमले अहिले पनि निरन्तरता पाइरहेको छ।

विगत पाँच वर्षमा थोपा सिंचाइ, रोप्ने, काट्ने स्टोर गर्ने, पकाउने, रेसाबाट कागज, धागो उत्पादन गर्ने जस्ता नयाँ–नयाँ प्रविधि नेपालमा भित्रिएका छन्। मल, कीटनाशक औषधिको अभाव र भारतीय केरा आयात आदि कारणले भने यस क्षेत्रको उद्यमशीलता विस्तारमा केही समस्या भइरहेको देखिन्छ । 

विगत पाँच वर्षमा थोपा सिंचाइ, रोप्ने, काट्ने स्टोर गर्ने, पकाउने, रेसाबाट कागज, धागो उत्पादन गर्ने जस्ता नयाँ–नयाँ प्रविधि नेपालमा भित्रिएका छन् । मल, कीटनाशक औषधिको अभाव र भारतीय केरा आयात आदि कारणले भने यस क्षेत्रको उद्यमशीलता विस्तारमा केही समस्या भइरहेको देखिन्छ। 

पीडा कम गर्ने वितरण प्रणाली

सिन्धुलीको जुनार वितरण प्रणाली (सप्लाई चेन) ले किसानको पीडा कम गरेको छ । सिन्धुली जिल्लाको माथिल्लो भाग गोलन्जोर गाउँपालिका लगायत अन्य स्थानमा दशकौंदेखि जुनार तथा सुन्तलाको खेती भइरहेको छ । विगतका वर्षमा स्टोर, बिक्री प्रणाली, बाटोघाटोको असुविधा आदिले जुनार र सुन्तलाको मूल्य नपाउँदा कृषकहरू पीडित थिए।

भारत तथा अन्य स्थानका व्यापारीहरूले फल पाक्ने वेलामा जुनार तथा सुन्तलाका बोटमै कम मूल्यमा खरीद गर्थे । यसो गर्दा व्यापारी मोटाउने कार्य मात्र भइरहन्थ्यो । यो समस्याको समाधान गर्न कृषक, बौद्धिक वर्ग, राजनीतिकर्मीहरू संगठित भई जुनार उत्पादक समूह बनाउँदै जिल्लास्तरमा जुनार सहकारी संस्था गठन गरे ।

जिल्लाका ३६ वटा जुनार सहकारी संस्थामध्ये दुई वटा सहकारीले जुनार प्रशोधन गरेर जूस, स्क्वास, जेली उत्पादनमा केन्द्रित भई काम गरिरहेका छन्।

जुनार उत्पादन जिल्ला सहकारी संघ सिन्धुलीका अध्यक्ष निर्मलकुमार रम्तेलका अनुसार सरकार तथा गैरसरकारी संस्थासँग सहकार्य गरी ठाउँ–ठाउँमा फलफूल संकलन केन्द्र निर्माण गरिएको छ।

व्यापारीलाई सम्पर्क गरी बिक्री–वितरण प्रणाली सहज बनाइएको छ। अहिले त्यहाँका कृषकहरूले, ग्रेडिङ, प्याकेजिङ, फल टिप्ने, खेती गर्ने, बिरुवा उत्पादन गर्ने र प्रशोधन गर्ने विशेष सीप तथा उद्यमशीलता विकास गरेका छन्।

जिल्लाका ३६ वटा जुनार सहकारी संस्थामध्ये दुई वटा सहकारीले जुनार प्रशोधन गरेर जूस, स्क्वास, जेली उत्पादनमा केन्द्रित भई काम गरिरहेका छन्।

उनले यो सिकाइलाई निरन्तरता दिंदै अन्य जिल्लामा समेत जुनार सहकारी संस्था विस्तार गरी राष्ट्रिय स्तरको संघ समेत स्थापना गरेर बजार व्यवस्थापन गरिरहेको बताएका छन्। 

स्थानीय किसानले अनेक समस्या भोग्दै सरकारसँग प्याकेजिङ, उच्च गुणस्तरको जूस बनाउने, वैज्ञानिक तवरले खेती गर्ने जस्ता नयाँ–नयाँ योजना प्रदेश तथा संघीय सरकारसमक्ष पेश गरेर सहयोग गरिदिन अनुरोध गरिरहेका छन्।

अध्यक्ष रम्तेल प्रति हेक्टर १२ देखि १५ लाखसम्म आम्दानी हुने भएकाले कृषकहरू जुनार खेतीतर्फ आकर्षित भएको बताउँछन् । उनका अनुसार अब, बिक्री गर्ने समस्या भन्दा उत्पादन विस्तारको समस्या देखिएको छ । बजारमा बढ्दो माग र आपूर्तिसँगै चीन निर्यात गर्नका लागि समेत स्याम्पल पठाइएको छ।

सिन्धुली जिल्लामा मात्रै करीब १० हजार मेट्रिक टन जुनार उत्पादन हुने गर्छ । सिन्धुली अहिले ‘जुनार उत्पादन सुपरजोनको’ रूपमा विकसित भइसकेको छ।

स्थानीय किसानले अनेक समस्या भोग्दै सरकारसँग प्याकेजिङ, उच्च गुणस्तरको जूस बनाउने, वैज्ञानिक तवरले खेती गर्ने जस्ता नयाँ–नयाँ योजना प्रदेश तथा संघीय सरकारसमक्ष पेश गरेर सहयोग गरिदिन अनुरोध गरिरहेका छन्।

कृषि विभागको तथ्यांक अनुसार २०७४/७५ सम्म नेपालमा, ६ हजार २७७ हेक्टरमा जुनार/सुन्तला खेती गरिएको थियो। त्यसमध्ये ३ हजार ८६५ हेक्टरबाट वार्षिक ४१ हजार ५५६ मेट्रिक टन उत्पादन भयो । जुनार अन्य देशबाट नगन्य मात्रामा आयात हुन्छ। किनभने सिन्धुलीको जुनारको आफ्नै नाम र इतिहास भएकोले बजारमा छुट्टै पहिचान स्थापित भइसकेको छ।

कृषि विभागको तथ्यांक अनुसार २०७४/७५ सम्म नेपालमा, ६ हजार २७७ हेक्टरमा जुनार/सुन्तला खेती गरिएको थियो। त्यसमध्ये ३ हजार ८६५ हेक्टरबाट वार्षिक ४१ हजार ५५६ मेट्रिक टन उत्पादन भयो। जुनार अन्य देशबाट नगन्य मात्रामा आयात हुन्छ। किनभने सिन्धुलीको जुनारको आफ्नै नाम र इतिहास भएकोले बजारमा छुट्टै पहिचान स्थापित भइसकेको छ।

वस्तु उत्पादनदेखि उपभोक्तासम्म पु¥याउने मूल्य शृङ्खलाका सबै पात्रहरूले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। त्यस अनुसार लाभ लागतमा सहभागी भयो भने दिगो हुन्छ। तर एकले अर्कालाई शोषण गरेमा अल्पकालीन फाइदा भए पनि नोक्सानी सबै पात्रले व्यहोर्नुपर्ने हुन्छ। यसको प्रभाव कृषितन्त्रमा देखिएको छ। राज्यले सही समयमा उपयुक्त तरीकाले कृषि क्षेत्रका समस्या समाधान गरेन भने कृषिमा जति लगानी गरे पनि बालुवामा पानी हाले झैं हुने निश्चित छ।

भन्सार विभागको तथ्यांक अनुसार नेपालका ठूला उद्योगहरूले आ.व. २०७६/७७ को १० महीनामा करीब ४१ हजार ७४४ क्वीन्टल पल्प (फलफूलको रस) आयात गरेका छन् । नेपालका उद्योगीहरूसँग कुरा गर्दा यहाँ कम उत्पादन भइरहेको र वितरण प्रणाली पनि सही नभएको गुनासो गर्छन्। जस्तो पहाडी क्षेत्रका फलफूल ठूलो मात्रामा नेपाली जूस उद्योगसम्म सहजै ल्याउने वितरण प्रणाली अझै विकास भइसकेको छैन। यस्ता उद्योगमा केही केजी फलफूल मात्र ल्याएर हुँदैन टनका टन ल्याउन सक्नुपर्छ । वितरण प्रणाली व्यवस्थित गर्न सक्नु पनि आफैंमा अर्को उद्यम हुनेछ।

राज्यले नयाँ–नयाँ प्रविधि, वित्तीय सेवामा पहुँच, बीमा सुरक्षा, बजार वितरण प्रणाली (सप्लाई चेन) व्यवस्थित गरेमा कृषि उत्पादनमा आत्मनिर्भर बन्न समय लाग्दैन। यसरी प्रशोधन गरिएका वस्तु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री गरे ठूलै आम्दानी आर्जन गर्न सकिन्छ। फलफूल खेतीमा राम्रो आम्दानी हुने भएकोले रोजगारीको ठूलो सम्भावना पनि छ।

उद्यमका अनेक अवसरहरू छन्। यसका लागि अनुसन्धानको आवश्यकता छ। हुनत पछिल्लो समय नेपालमा युवाले कृषि पेशा अँगाल्न थालेका छन्। राज्यले नयाँ–नयाँ प्रविधि, वित्तीय सेवामा पहुँच, बीमा सुरक्षा, बजार वितरण प्रणाली (सप्लाई चेन) व्यवस्थित गरेमा कृषि उत्पादनमा आत्मनिर्भर बन्न समय लाग्दैन।

यो पनि पढ्नुस्ः प्रदेश–२ मा जडीबुटी उद्योगको सम्भावना

यसरी प्रशोधन गरिएका वस्तु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री गरे ठूलै आम्दानी आर्जन गर्न सकिन्छ। फलफूल खेतीमा राम्रो आम्दानी हुने भएकोले रोजगारीको ठूलो सम्भावना पनि छ।

नेपालमा उत्पादित धेरै कृषि उपज बजारसम्म पुग्न नपाई खेर गइरहेका छन् तर आयातित वस्तु भने तराईदेखि हिमालसम्म सहजै पुगिरहेका छन्। कृषि क्षेत्रमा बिचौलियाको विगविगी पनि उत्तिकै छ। विचौलियाले मूल्य र गुणस्तरमा दोष देखाएर कम मूल्यमा खरीद गर्छन्। बढी मूल्यमा बिक्री गरी कृषकलाई शोषण गर्छन्। सरकारले आयात तथा निर्यात सम्बन्धी नीतिमा आवश्यक सुधार र वितरण प्रणालीलाई व्यवस्थित गर्न सके कृषिक्षेत्र आत्मनिर्भर बन्न धेरै समय लाग्दैन।

प्रतिकृया दिनुहोस