समाचार बुधबार, जेठ २८, २०७७

थप २७९ जनामा कोरोना संक्रमण, संक्रमितकाे सं‌ख्या ४३६४ पुग्यो

हिमालखबर

थप २७९ जनामा कोरोना संक्रमण, संक्रमितकाे सं‌ख्या ४३६४ पुग्यो
null

नेपालमा थप २७९ जना कोरोना संक्रमित थपिएका छन्। अब संक्रमितकाे संख्या ४३६४ पुगेकाे छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा भएको परीक्षणमा २७९ जना संक्रमित थपिएकाे बताए। थपिएकामध्ये २५७ जना पुरुष र २२ जना महिला रहेको प्रवक्ता गौतमले बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४३६४ पुगेको छ। जसमा पुरुष ४ हजार ५५ र महिला ३०९ रहेका छन्। जसमध्ये ६७४ जना डिस्चार्ज भएका छन् भने काेराेनाबाट मृत्यु भएकाे संख्या १५ रहेकाे छ। 

 

प्रतिकृया दिनुहोस