तीन किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा चारजना पक्राउ
उन्नती चौधरी, कैलाली
कैलालीमा तीन जना किशोरीमाथि बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिकास्थित १८ वर्षीय सन्दिप ठकुल्ला, २१ वर्षीय दीपक बुढा, १९ वर्षीय डम्बर ठकुल्ला र २० वर्षीय दीपक ठकुल्लालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनीहरू टीकापुर नगरपालिका वडा नम्बर १ स्थित रानीकुलो जमरा सिंचाइको किनारमा १४ वर्षीया तीन किशोरीमाथि जबरजस्तीकरणी गरी फरार भएको रिपाेर्ट आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले घटनामा संलग्नलाई पक्राउ गरी कैलाली जिल्ला अदालतबाट ७ दिनको म्याद थप पश्चात अनुसन्धान गरिरहेको विष्टले बताए।
उनले अन्य फरारको खोजी भइरहेको र पक्राउ परेका चारैजनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको बताए।