समाचार बुधबार, जेठ २१, २०७७

कोरोना संक्रमित घरमै बस्न सक्ने गरी आइसोलेसन व्यवस्थापन निर्देशिका जारी

हिमालखबर

कोरोना संक्रमित घरमै बस्न सक्ने गरी आइसोलेसन व्यवस्थापन निर्देशिका जारी
फाइल तस्वीर।
कोरोना संक्रमित भएर लक्षण नदेखिएमा अबदेखि घरमै बस्नुपर्ने गरी निर्देशिका जारी भएको छ । लक्षण नदेखिएका र सामान्य लक्षण देखिएकाहरूलाई अस्पतालमा राख्दा गम्भीर बिरामीहरूलाई उपचार गर्न अप्ठेरो हुनसक्ने भन्दै सरकारले निर्देशिका जारी गरेको हो ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कोभिड १९ आइसोलेसन व्यवस्थापन सम्बन्धी निर्देशिका २०७७’ अस्पतालमा आइसोलेसन र घरमा आइसोलेसनमा बस्दा ध्यान दिनुपर्ने कुरालाई उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस