संसद बैठक जारी (लाइभ)
प्रतिनिधिसभा बैठकमा शुरु भएको छ। आजको बैठकमा संविधान संशोधन–२०७६ (दोस्रो संशोधन) पेश गर्ने कार्यसूची रहेको छ।
गएको १० जेठमा दर्ता भएको संविधान संशोधन विधेयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संसदमा पेश गर्ने कार्यसूची रहेको छ। शनिबार बसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि संशोधनकै पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
आजको बैठकबाट बजेट माथिको छलफल समेत शुरु हुँदैछ। १५ जेठमा अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमाथि छलफल शुरु हुँदैछ।