बजेट अक्षमताको प्रमाणपत्रको दस्तावेजः कांग्रेस
आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटले जनताको आवश्यकता र प्राथमिकता पहिचान गर्न नसकेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिक्रिया दिएको छ।
कांग्रेस नेता मिनेन्द्र रिजालले आवश्यकताको पहिचान र प्राथमिकता निर्धारण गर्न नसकेको बताए । उनले बजेट अक्षमताको प्रमाणको दस्तावेजका रुपमा बजेट वक्तव्यको आएको प्रतिक्रिया दिए ।
“दुई तिहाई जनमतको बलशाली सरकारले विशिष्ट परिस्थिति र कठिनाइमा नयाँ दृष्टिकोणबाट बजेट तर्जुमा गर्नुपर्नेमा त्यसमा चुकेको छ। नेपाली जनताले आगामी दिनमा दुःख नपाओस् भन्ने पाटोमा साझा भावनाबाट बजेट आउनुपथ्र्यो त्यो भएन”, उनले भने।
जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले स–साना योजनामा कनिका छरे झँै रकम छर्ने काम भएको बताए। मुुलुकको अहिलेको समस्यालाई सम्बोधन गर्न नसकेको उनले बताए।
“कार्यान्वयनका लागि जुन खाले सुधारको खाँका आउनुपथ्र्यो त्यो भएन, अहिलेको समस्या समाधान गर्न विशिष्ट ढङ्गबाट बजेट आउनु पर्दथ्यो, जसले गर्दा पुरानै ढङ्गबाट आयो, क्यान्सरको रोगलाई सामान्य झारफुक गर्ने जस्तो भयो”, उनले भने।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले अनुमान, अनुदान र विदेशी ऋणमा आधारित भएकाले बजेट कार्यान्वयनमा चुनौती रहने र लक्ष्य हासिल गर्न कठिन हुने प्रतिक्रिया दिए।