सगरमाथाको उँचाइ नाप्न गएको चिनियाँ टोलीको सफल आरोहण
सगरमाथाको उँचाइ नाप्न गएको चिनियाँ टोली बुधबार बिहान सगरमाथाको शिखर पुगेको छ । तिब्बती भाषामा चोमोलोङ्मा भनिने सगरमाथाको उँचाइ नाप्न गएको यो वर्षको पहिलो आरोहण दलका रुपमा शिखर चुमेको हो।
चाइना सिन्ह्वा न्यूजका अनुसार, सगरमाथाको उँचाइ नाप्न गएको १२ जना मध्ये ८ जनाले शिखर चुम्न सफल भएका छन्। उँचाइ मापन टोलीमा प्राकृतिक संशोधन मन्त्रालय र राष्ट्रिय पर्वतारोहण टोलीका सदस्य गएका हुन्।
कोरोनाभाइरस (कोभिड–१९) महामारीका कारण चीन र नेपाल दुवैले यो वर्षको वसन्त ऋतुका लागि सम्पूर्ण व्यावसायिक सगरमाथा आरोहण स्थगित गरेका भए पनि उँचाइ मापनको टोली भने शिखर चुम्न सफल भएको हो ।
तर, सगरमाथाको उँचाइ नाप्ने आफ्नो पूर्व योजना कार्यान्वयन गर्न भन्दै चीनले आफ्ना प्राविधिक, विज्ञ सहितको टोली त्यसतर्फ पठाएको हो । यसअघि, चीनले सन् १९७५ र २००५ मा सगरमाथाको उँचाइ नापेको थियो। त्यस क्रममा सगरमाथाको उँचाइ क्रमशः ८ हजार ८८४८ मिटर र ८८४४.४३ मिटर देखिएको थियो।
यसपटक सगरमाथाको वास्तविक उँचाइ पत्ता लगाउने टोली सगरमाथा गएको उल्लेख छ ।
यसपटक सगरमाथाको वास्तविक उँचाइ पत्ता लगाउने टोलीले जनाएको छ ।
यस अघि जेठ ८ २०७६ मा नेपालको तर्फबाट पनि सगरमाथा नाप्नकै लागि एक टोली सगरमथा शिखर पुगेर फर्किएको छ । सो टोलीले प्राविधिक पक्षको मूल्यांक गरिएको भएपनि अब चीनले पनि सगरमाथा नाप्ने कार्य अगाडि बढाइसकेको र आरोहणसमेत भइसकेकाले नेपाल चीनबीच संयुक्त उँचाइ सार्वजनिक गर्ने बताइएको छ ।