भक्तपुरमा २० वर्षीया युवतीलाई बन्धक बनाएर सामूहिक बलात्कार
भक्तपुरको मध्युपुर ठिमी नगरपालिकामा २० वर्षीया युवतीलाई बन्धक बनाएर सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । गएको ८ जेठको बेलुका मध्यपुर ठिमी नगरपालिका वडा नं. ०६ पुरानोठिमीमा डेरा गरी बस्ने एक युवकले युवतीलाई फकाएर कोठामा लिएर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
करिब २०/२२ वर्षीय रोहित गिरीले पीडित २० वर्षीया महिलालाई फकाएर र आर्थिक प्रलोभन देखाएर आफ्नो डेरामा लगेर जबरजस्ती सामूहिक करणी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
आर्थिक प्रलोभन देखाएर कोठामा ल्याएपछि शुरूमा गिरी आफैले जबरजस्ती बलात्कार गरेका थिए । त्यसपछि युवतीलाई कोठाबाट भाग्न नदिएर उनका अन्य साथीहरु २९ वर्षीय कवाङ लामासहित अन्य ४ जनालाई कोठामा बोलाएका थिए ।
प्रहरीका अनुसार सबैले पालैपालो रातभरी करणी गरेपछि दोस्रो दिन भागेका थिए । घटनाको भोलिपल्ट बिहान पीडित महिलाले महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा जानकारी गराएपछि हुलिया र विवरणका आधारमा कवाङ लामालाई सोही दिन नै प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
बाँकीकाे खोजी भइरहेको प्रहरीले जनाएको छ ।