आइतबार यो वर्षको आजसम्मकै उच्च गर्मी
आइतबार यो वर्षकै उच्च तापक्रम रेकर्ड गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं लगायत देशका विभिन्न ठाउँमा उच्च तापक्रम रेकर्ड भएको छ।
आज काठमाडौंमा ३१.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । त्यसैगरी दिपायलमा ४०, धनगढीमा ४० दशमलव १ तापक्रम रेकर्ड गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यसैगरी भैरहवा र नेपालगञ्जको तापक्रम ३९ दशमलव ५ डिग्री सेल्सियस रह्यो भने विराटनगरको ३२.६ र जनकपुरको ३५ दशमलव ५ डिग्री तापक्रम रह्यो । महाशाखाकी मौसमविद् शान्ति कंडेलले आज यो वर्षकै अधिकतम गर्मी दिन रहेको बताइन् ।
महाशाखाका अनुसार कर्णाली, गण्डकी , वाग्मती प्रदेशका थोरै स्थानहरुमा स्थानीय वायुको प्रभावले हावाहुरी सहित क्षणिक वर्षा गराए पनि यो लामो समयसम्म रहने छैन।