हङकङमा देशद्रोह रोक्न भन्दै विवादास्पद सुरक्षा कानून पेश गर्ने चीनको तयारी
चीनले हङकङमा देशद्रोह र विभाजन रोक्न भन्दै विवादास्पद सुरक्षा कानून प्रस्तुत गर्ने तयारी गरेको छ । हङकङको न्याशनल पिपल्स कंग्रेसमा सुरक्षा कानून प्रस्तुत गर्ने चीनले तयारी गरेको हो ।
यो सर्वोच्च संसदीय अंगले हङकङका जनताबाट प्रत्यक्ष निर्वाचित सांसदहरुको सहमतिबिनै कानून पारित गर्न सक्छ । यो संसदीय अंक चिनियाँ कम्युनिष्ट सरकारले लिएको निर्णयलाई वैधानिकता दिने माध्यमका रुपमा हेरिने गरेको छ।
बीबीसीले उल्लेख गरेअनुसार, चीनको यो कदमलाई हङकङमा यो वर्षकै सबैभन्दा महत्वपूर्ण राजनीतिक घटना हुने विश्लेषण गरिएको छ । गएको वर्ष मात्रै हङकङमा सुपुर्दगी कानूनलाई लिएर ठूलो प्रदर्शन भएको थियो । त्यहाँ, प्रजातान्त्रिक सुधारको मागमा आन्दोलन भइरहेकै छ।
तर, चीनले नयाँ सुरक्षा कानून लागू गरे हङकङ नै समाप्त हुने त्यहाँका सांसदहरुले तर्क गरेका छन् । सन् १९९७ पछि हङकङमा एक देश, दुई प्रणाली कायम छ । त्यसैको आधारमा चीन भन्दा हङकङमा बढी स्वतन्त्रता छ ।
तर, चीनले देशद्रोह र विभाजनलाई रोक्न भन्दै सुरक्षा कानून लागू गर्ने तयारी गरेको छ ।