थप ८ जना संक्रमणमुक्त, डिस्चार्ज हुनेको संख्या ४५ पुग्यो
नेपालमा थप ८ जना कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएका छन् । यससँगै नेपालमा संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या ४५ पुगेको छ।
आज विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराइरहेका ८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा जानकारी दिइएको छ।
हालसम्म ४ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएका, २३ हजार २ सय २ जना क्वारेन्टिनमा रहेका र २ जनाको मृत्य भएको छ।
पछिल्लो २४ घन्टामा २ हजार ४ सय ८८ जनाको काेराेनाभाइरस परीक्षण गरिएको छ । यससँगै हालसम्म ३५ हजार ४ सय ९४ जनाको कोरोनाभाइरसको पीसीआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन्।