खेलकुद बुधबार, वैशाख ३१, २०७७

प्रिमियर लिगको प्रशिक्षणमा नयाँ नियम

हिमालखबर

प्रिमियर लिगको प्रशिक्षणमा नयाँ नियम

इंग्लिस प्रिमियर लिगको प्रशिक्षणमा कार्यविधि बनाइएको छ । खेलाडीहरुका लागि नयाँ नियम सहित कार्यविधि बनाइएको हो ।

सवै क्लबहरुलाई ४० पृष्ठको प्रशिक्षण नियम पठाइएको छ । सोमबार शुरु हुने प्रशिक्षणमा खेलाडीहरुले एक अर्कालाई लडाउन र हात मिलाउन पाउने छैनन् ।

अनिवार्य पालना गर्न भनी पत्र पठाइएको छ । प्रशिक्षण अगाडि र पछाडि प्रशिक्षण स्थल, कर्नरमा राखिने झण्डा, बल र प्रशिक्षण किट्स निर्मलीकरण गरिनेछ ।

प्रशिक्षणको समय ७५ मिनेट तोकिएको छ । खेलाडीहरुको हरेक दिन तापक्रम जाँच हुनेछ भने प्रशिक्षणका लागि आउने बाटो निश्चित गरिनेछ ।

खेलाडीहरुको हप्तामा दुई पटक परीक्षण गरिने भएको छ भने एक खेलाडीले प्रयोग गर्ने खाडी अर्कोले प्रयोग गर्न नपाउने भएको छ । कोभिड–१९ को महामारीको कारण लिग स्थगित भएको छ ।

प्रतिकृया दिनुहोस