समाचार सोमबार, वैशाख २९, २०७७

बन्दाबन्दी खुलेको एक दिनपछि नै जर्मनीमा बढे कोरोना संक्रमित

हिमालखबर

बन्दाबन्दी खुलेको एक दिनपछि नै जर्मनीमा बढे कोरोना संक्रमित

जर्मनीमा बन्दाबन्दी खुलेको एक दिनपछि नै कोरोनाभाइरस संक्रमितको संख्या बढेको त्यहाँको सरकारी तथ्याङ्कले देखाएको छ।

रोबर्ट कोच इन्स्टिच्युटका अनुसार बन्दाबन्दी खुल्नेबित्तिकै संक्रमण दर बढेको हो। यसको मतलब एक जना संक्रमित व्यक्तिले अन्यलाई फैलाउने सक्ने संक्रमणको दर बढेको हो।

अहिले यो दर एकभन्दा बढी भएको र यसको अर्थ जर्मनीमा संक्रमण दर बढेको बीबीसीले उल्लेख गरेको छ।

बन्दाबन्दी खुलेपछि शनिबार हजारौँ मान्छे घरबाहिर निस्किएका थिए। ती व्यक्तिले बन्दाबन्दी पूरै हटाउन माग गरेका थिए।

योभन्दा अघि जर्मन चान्सलर एन्जेला मर्केलले बुधबार १६ राज्यका नेतासँगको कुराकानीपछि देशव्यापी बन्दाबन्दीमा व्यापक छुटको घोषणा गरेकी थिइन्।

जर्मनी विश्वमा सबैभन्दा बढी संक्रमित मुलुकको सूचीमा सातौँ नम्बरमा छ। त्यहाँ कूल एक लाख ७१ हजारभन्दा बढी व्यक्ति संक्रमित छन्। मृत्यु हुनेको संख्या सात हजारभन्दा माथि छ।

प्रतिकृया दिनुहोस