दस्तावेज बुधबार, वैशाख ३, २०७७

'रोग त रोगै हो तर कस्तो खाले रोग हो यो, मसिया !'

हिमालखबर

'रोग त रोगै हो तर कस्तो खाले रोग हो यो, मसिया !'

मनोहरापारि दिनहुँ सयभन्दा बढीको ज्यान गइरहेको समाचार सुनेर राजा भूपतीन्द्र मल्ल तर्से । महामारी पहिले पनि हुन्थे । तिनले टोलका टोल, इलाकाका इलाका पनि सखाप पार्थे । ...तर अहिले उठेको महामारीका लक्षण अनौठा थिए ।

याेगेश राज

कान्तिपुरबाट महामारी देवीको सवारी चलिरहेको खबर शुरुका चाँगुका दुवालले ल्याएका थिए । त्यहाँ दिनहुँ सय डेढसय मानिस मरिरहेका थिए । दरबारका सिपाही साथ लिएर राज वैद्यहरु टोलटोल घुमिरहेका थिए ।

पहिले घरघरमा मुसा मरेका भेटिए । तिनलाई घरमूलीले छ्वासःमा हुर्याए । मुसा फ्याँक्न आउनेहरु एउटाले अर्कोलाई छु जूगु (गजब भएछ) भने । त्यसपछि डोको भित्रका कुखुरा मुन्टो बटारेर भुइँमा ढलेका भेटिए । कौसीको बलेसीमा उभिएर सँधियारहरुले चिन्ता साटे । रोग त रोगै हो तर कस्तो खाले रोग हो यो, मसिया भने ।

त्यसपछि खोरका बाख्रा धमाधम भुइँमा लडबडिएका भेटिए । खोला किनारमा मरेका भैंसी गनी साध्य भएन । पाखाबाट गाई लड्न थाले । दरबारका हात्ती बसेका बस्यै भए । तबेलामा घोडा पनि भुइँमा थुतुनो लतारेर बसेका भेटिए । जामाचोतिर रानीवनमा मृगहरु मरेको खबर पनि थियो । मानौं मानिसलाई बचाउन जताततै जन्तुमरे । तर उपद्रव शान्त भएन । पछि त मानिसहरु पनि भकाभक मर्न थाले ।

यसरी मनोहरापारि दिनहुँ सयभन्दा बढीको ज्यान गइरहेको समाचार सुनेर राजा भूपतीन्द्र मल्ल तर्से । महामारी पहिले पनि हुन्थे । तिनले टोलका टोल, इलाकाका इलाका पनि सखाप पार्थे । लास उठाउने कोही हुँदैनथ्यो । कात्रो बेर्न कोही आउँदैनथ्यो । आफू मर्दा आफै मलामी जानुपर्ने जस्तो स्थिति हुन्थ्यो । खुद उनैका जिजुबुबा पनि बत्तीसकै कलिलै उमेरमा बितेका थिए । ठूला खटिराको प्रकोपले । तर अहिले उठेको महामारीका लक्षण अनौठा थिए ।

यसरी मनोहरापारि दिनहुँ सयभन्दा बढीको ज्यान गइरहेको समाचार सुनेर राजा भूपतीन्द्र मल्ल तर्से । महामारी पहिले पनि हुन्थे । तिनले टोलका टोल, इलाकाका इलाका पनि सखाप पार्थे । लास उठाउने कोही हुँदैनथ्यो । कात्रो बेर्न कोही आउँदैनथ्यो । आफू मर्दा आफै मलामी जानुपर्ने जस्तो स्थिति हुन्थ्यो । खुद उनैका जिजुबुबा पनि बत्तीसकै कलिलै उमेरमा बितेका थिए । ठूला खटिराको प्रकोपले । तर अहिले उठेको महामारीका लक्षण अनौठा थिए ।

रोगीहरु आफ्नाे मस्तकमै दुख्यो भन्दै सिकायत गर्थे । फेरि त्यो दुखेको ठाउँ कानतिर सर्यो भन्न थाल्थे । त्यसपछि केही घडीमै भुइँमा लड्थे । देउपाटन, विष्णमती र हान्दिग्रामतिरका चेचकावहरुले एकै मुखले महामारीको यस्तो वर्णन गरेका थिए । त्यसैले यस्ता सूचना सुनेपछि भूपतीन्द्र मल्लले निकैबेर सम्म मनमा कुरा खेलाए ।

महामारीको कारण थाहा हुन सकेको थिएन । मानिस थरीथरीका कुरा गर्दै थिए । मलमास परेको समयमा कान्तिपुरले दशैं मनाएको थियो । त्यही भएर जगदम्बा उग्र भइन् भन्ने एकथरी ज्योतिषी थिए । देउपाटनका बिसेतहरुले पशुपतिको अघोरमुखको दारा निस्कँदै गरेको देखेका थिए । उनीहरु यस्तो अनिष्ट हुनु नै थियो भन्दै थिए । बौद्ध श्रद्धालुले चाकबहाद्यः बसेको रथ आगो लागेकाले यो उपद्रव भएको हो भन्ने हल्ला गरिरहेका थिए ।


उता पादरी जोआकिमको शंका भने वेग्लै थियो असमय भीषण वर्षा भएर चोक चोकमा निकै दिनसम्म पानी जमेको थियो । त्यही पानीमा मरेका मुसा, बिराला, सुँगुर, कुकुर आदि सड्न थाले र महामारी फैलियो भन्थे पादरी । त्यो पनि पत्यारिलो कुरो थियो । हनुमानढोकाको सिंहासनमा कोही महापातकी चढेका हुन् कि वा अधर्मले धुरीबाट कराएको पो हो कि पनि भन्थे कोही ।

धेरैले धेरै कारण ठम्याएजस्तै महामारी केको संकेत थियो र के गर्दा शान्त होलिन् भन्ने विचार मुखैपिच्छे फरक हुने नै भयो । झ्वा बहालका गुभाःजूहरुले स्वयम्भूमा शान्तिहोम गर्दै थिए । नघःका धुरन्धर ज्योतिषीहरु आपसमा बाभ्mदै थिए । कतिपय तान्त्रिकहरुको मण्डली तन्त्रप्रेमी चौतारा नवमीसिं भँडेलकहाँ बसेर पुराना पुराना नजिर पल्टाउँदै थिए ।

मखनका भट्ट बाजेको घरमा अट्कोका मानन्धरहरु लौन बाज्या, हाम्रो त जरै उखेलिन थाल्यो भनेर उपाय सोच्दै थिए । त्रिपुरेश्वर, टेकू किनारका वैद्यहरु एउटा पाइला आर्यघाट र अर्को पाइला शंखमूल गर्दै थिए । तिनका बेफुर्सदीमा वैद्यनी बज्यैहरु औषधिका पुरिया बाँड्दै थिए । के भइरहेको थियो र के हुँदैछ त्यो कसैले भेउ पाएको थिएन । निष्कर्ष केही निस्केको थिएन ।

मखनका भट्ट बाजेको घरमा अट्कोका मानन्धरहरु लौन बाज्या, हाम्रो त जरै उखेलिन थाल्यो भनेर उपाय सोच्दै थिए । त्रिपुरेश्वर, टेकू किनारका वैद्यहरु एउटा पाइला आर्यघाट र अर्को पाइला शंखमूल गर्दै थिए । तिनका बेफुर्सदीमा वैद्यनी बज्यैहरु औषधिका पुरिया बाँड्दै थिए । के भइरहेको थियो र के हुँदैछ त्यो कसैले भेउ पाएको थिएन । निष्कर्ष केही निस्केको थिएन ।

यस्तै किंकर्तव्यविमूढ रहेकैवेला महामारीले वागमती नाघेकी थिइन् । सोमलिङटारका द्वारेले ल्याएको समाचारका अनुसार पाटन भेकतिर पनि मानिस मर्न थालेका थिए ।
राजा विचलित देखिए । उनले राजबैठकको दक्षिण भ्mयाल बाहिर हेरे । आँखाले भ्याएसम्मन संसार उस्तै थियो । राजदरबारको खुला चोकमा सबै थोक सामान्य देखिन्थे । शरदको चम्किलो नौलो आकाश थियो । पूर्वान्हको नरम घाम । फुर्सदिला पाइला टेक्दै आवतजावत गर्नेहरु । वत्सलाको पेटीमा एकजना किसानले भिजेको लसुन साग भरेको खर्पन बिसाएका थिए ।

राजकुलपारि यक्षेश्वरका पुड्के पुजारी नित्यपूजा सकेर निस्कँदै थिए । निराहार रहेका पुजारीका हात अबिरले मैलो रातो थिए । त्यतिखेर मन्दिरपर इपाछेँ उपाध्याजुको घरको कौसीमा माइली ब्राम्हणी धोएका कपडा पिंmजाउँदै थिइन् । पश्चिममा खौमातिर दबुलिमा तीन चार सुसारे कपाल फिंजाएर थचक्क बसेका थिए ।


एउटी कपाल झट्कार्दै थिई । शायद चौकोट दरबारभित्रको पोखरीमा नुहाएर भर्खर आएकी थिई । नजिकै दुईजना पाँच छ वर्षे बालक यताउता उफ्रिंदै थिए । तिनले भोटो पटुका र कालो टोपी लगाएका थिए । केटाहरुले त्यही वेला कालकुल गरे । सुसारेहरुले निषेधाज्ञाका दृष्टि दिए । एउटीले हपारी पनि । एउटी बालिका चाहिं दबुलिमा खुट्टा तल झोलाएर बसेकी थिई । ऊ आफैमा मग्न थिई ।

ती मध्ये एउटी कपाल झट्कार्दै थिई । शायद चौकोट दरबारभित्रको पोखरीमा नुहाएर भर्खर आएकी थिई । नजिकै दुईजना पाँच छ वर्षे बालक यताउता उफ्रिंदै थिए । तिनले भोटो पटुका र कालो टोपी लगाएका थिए । केटाहरुले त्यही वेला कालकुल गरे । सुसारेहरुले निषेधाज्ञाका दृष्टि दिए । एउटीले हपारी पनि । एउटी बालिका चाहिं दबुलिमा खुट्टा तल झोलाएर बसेकी थिई । ऊ आफैमा मग्न थिई । राजकुलोको पश्चिम मूलद्वार माथि कान्तिपुरतिरको आकाश अलि सुन्तला रातो देखियो ।

त्यत्तिकैमा राजा भूपतीन्द्रको आँखा बरालियो । र, नीलो फरिया लाएकी एउटी महिलामा अड्यो । तिनले कम्मरमा लाएको केही कुरालाई सेतो खास्टोले छोपेकी थिइन् । पित्तलको थालमा राखिएको पूजासामान थियो । अथवा रक्सीको अन्ती के हो चिनिदैनथ्यो । तिनी राजकुलको मूलढोकाभित्र पसिन् र सोझो बाटो पछ्याइन् । दबुलिनजिक पुगेपछि तिनीले एकपटक सुसारेहरुतिर हेरिन् । फेरि विकर्षित भइन् र आफू हिंड्दै आएको सोझो बाटो नै पछ्याइरहिन् ।

काठमाडौंका राजा कहाँ छन् त, उनले झ्यालबाट हटेर द्वारेलाई सोेधे । स्वयम्भूछेउ किण्डोलबहालमा आफैलाई थुनेर बसेका छन् भन्ने सुनिन्छ । दुईजना विवाहिता र दुईजना ल्याइतेसित पनि छन् भन्ने सुनिन्छ । द्वारेको मुखको दाहिने कुना गालातिर चढ्यो । उसले थप्यो, उनी त दुःखी छैनन् । ज्यान बचाउने फिक्री सबैलाई हुन्छ । फिक्री भयो भन्दैमा राजोचित रसरंग गर्न नहुने भएन । भूपतीन्द्रले त्यो व्यंग्य सुने मात्रै ।

तिनी झ्यालमुनि आइपुग्दा राजाले ज्यास्ती तेलले कालै टलटल टल्केको तिनको टाउको देखे । तिनले कपालको चुल्ठो पछाडितिर तन्काएर बाँधेकी थिइन् । पिंडौलाको सुघड छालामा मुजुर बुट्टा खोपेकी थिइन् । गः छेंतिरकी मानन्धर थिइन् । तिनको चालमा लय थियो । राजा अलिक आश्वस्त देखिए ।

काठमाडौंका राजा कहाँ छन् त, उनले झ्यालबाट हटेर द्वारेलाई सोेधे । स्वयम्भूछेउ किण्डोलबहालमा आफैलाई थुनेर बसेका छन् भन्ने सुनिन्छ । दुईजना विवाहिता र दुईजना ल्याइतेसित पनि छन् भन्ने सुनिन्छ । द्वारेको मुखको दाहिने कुना गालातिर चढ्यो । उसले थप्यो, उनी त दुःखी छैनन् । ज्यान बचाउने फिक्री सबैलाई हुन्छ । फिक्री भयो भन्दैमा राजोचित रसरंग गर्न नहुने भएन । भूपतीन्द्रले त्यो व्यंग्य सुने मात्रै । अरु केही सामान्य सूचना दिएर द्वारे निस्कियो । राजा फेरि एक्लिए ।

कान्तिपुरजनले भोग्नुपरेको त्यो कष्टको कुनै कारण उनले देखेनन् । जायज त बिल्कुल थिएन । तर, कारण र संकेततिर होइन, अहिले उनको ध्यान महामारीलाई फैलिन नदिने उपायतिर सोझियो । गोंगल क्वथामचाले चौतारा भागीरामका छोरा दर्शनार्थ उपस्थित भएको सूचना ल्याए । राजा भूपतीन्द्रले पादरीले कुनै बेला चढाएको ऐना हेरे । निश्चिन्त देखिन तयार भए ।

चौतारा भागीरामका छोरा तवधिक बैठक भित्र पसे । तवधिक जिउले साना थिए । गठिला र फूर्तिला देखिन्थे । राजाको नजर पर्ने बित्तिकै जय होस् भने । तीन पाइला अघि सरे अलि झुके । र, भागियाये जुजु भने । राजा पनि छेउ गए । आफ्ना दाहिने भागका औंलाका पृष्ठभाग उनको निधारमा बिसाएर भाग्यमानी भने र आफ्नो हातलाई ढोगे । झाँस भने । तवधिक मधुरो हाँसे । राजाको आदर स्वीकारे । राजाले दिसँ भन्दा ज्यौ भने तर, बसेनन् ।

राज्यमै दुर्लभ एकहाते ऐनामा राजाले बसेकै ठाउँबाट आफ्नो विम्ब हेरे । फेरि भने, को राजा आकुल नहोला ! पुनः प्रसंग बदल्न ङातापोलमा अरु के गर्न बाँकी छ भनी सोधे । तवधिक भाजु त्यस कार्यका राजप्रतिनिधि थिए ।

यसो हेर्दा जुजुको हृदय आकुल देखिन्छ, तवधिकले कुरो थाले । राज्यमै दुर्लभ एकहाते ऐनामा राजाले बसेकै ठाउँबाट आफ्नो विम्ब हेरे । फेरि भने, को राजा आकुल नहोला ! पुनः प्रसंग बदल्न ङातापोलमा अरु के गर्न बाँकी छ भनी सोधे । तवधिक भाजु त्यस कार्यका राजप्रतिनिधि थिए ।

उपाध्याजुले भोलि अपरान्हको साइत दिएका छन् । गजुर चढाउन । मन्दिर हेरेर सबै दंगदास छन् । नेपालमण्डलमा यति अग्लो मन्दिर बनेको छैन भन्छन् । दोलखाबाट तामाङहरु तामाको पत्रु बेच्न आएका रहेछन् । क्वाछेंका तबः लगुमोचाकहाँ पुगेछन् । किनमेल गर्न तः माह्री पुगेछन् । मन्दिर हेर्दा टोपी पो खस्यो भनेर एकअर्कोलाई सुनाउँदै थिए ।

असल भारदारको कर्तव्य थियो त्यो । उनले पनि राजाको चिन्ता हर्ने प्रयास गरे । नभन्दै त्यो कुरा सुनेर राजाको निधार उज्यालो भयो ।

लगभग त्यहीवेला थंथूराजकुलबाहिर व्यासीतिरका सुवारहरु एकलहर चुलामा ठूलठूला कराही बसाल्दै थिए । देगमनातिरका मानन्धरहरु धुवाँले पिरो आँखा मल्दै चुलामा
आगो दन्काउन संघर्षरत थिए । बोलाछेंका मधिकर्मीहरु मिठाईका बान्की काट्दै थिए । नाइके सुरतसिं हकार्दै थिए । उम्लँदै गरेको घिउको सुवास खौमाबहालसम्म पुगेको थियो । लाम्पाटीमा लालाछेंका सैंजुहरु खर्पनभरि भरी दहीको भेंगट ओसार्दै थिए । धौभडेलहरु भेंगट गन्दै राख्दै थिए । वत्सला मन्दिरको पेटीमा बसेर रंगबिरंगी पताका बनाउँदै थिए नागपुखुका रंजितहरु । तिमिलाहरुकहाँ चारथरी रक्सीका घ्याम्पा जिम्मा दिइएको थियो । चगुथिहरु पहरामा थिए ।

जाँडका घ्याम्पा भने यक्षेश्वर महादेव मन्दिरदेखि दक्षिण पाटीमा लहरै राखिएका थिए । रेखदेख गर्ने थिमि र पनौतीका पुनहरु, ओसारपसारमा लागेका भारिजुहरु एकसुर भइसकेका थिए । ङातापोल उत्सवको तयारी चल्दै थियो । तर, राजाको हृदय कञ्चन भइसकेको थिएन । सोधे, कुरा काट्ने पनि छन् छैनन् ? गुन्डुतिरका भुजबर थापाले सो नगर यस्तै देखावटी तामझाममै सक्किने भयो भने रे ।

जाँडका घ्याम्पा भने यक्षेश्वर महादेव मन्दिरदेखि दक्षिण पाटीमा लहरै राखिएका थिए । रेखदेख गर्ने थिमि र पनौतीका पुनहरु, ओसारपसारमा लागेका भारिजुहरु एकसुर भइसकेका थिए । ङातापोल उत्सवको तयारी चल्दै थियो । तर, राजाको हृदय कञ्चन भइसकेको थिएन । सोधे, कुरा काट्ने पनि छन् छैनन् ? गुन्डुतिरका भुजबर थापाले सो नगर यस्तै देखावटी तामझाममै सक्किने भयो भने रे ।

तवधिकले पनि यो कुरो सुनेका थिए । दधिकोटका द्वारेले खबर ल्याएका थिए । भुजबर थापा घुमक्कड थिए । बैठक बैठक चहार्थे । मुखबिर थिए । एक पक्ष पहिले भेट्ता रोल्पा पुगेर आएँ भन्थे । गोर्खा र मकवानपुरलाई नेवारहरुको यो अन्तर्कलहले फाइदा हुने भयो भन्दै थिए ।

तर, भूपति जुजुले त नेपाः मिलाई जोड्न पो खोजेको त, तवधिकले आफ्नो विचार राखे । जुजुले मूलचोक सिंगार्न नेपालमण्डलभरका कारिगर बोलाएको कुरा तिनलाई थाहा छैन । यही ङातापोलमा पनि कुन ठाउँको सेवाकू परेको छैन र, अनि पाटनका ४६ जना शिलाकारहरुले गरेको काम । यो भक्तपुरेको मात्रै होइन । सकल नेपाःमिको शान हो । जति घुमन्ते भएपनि भुजवर थापा अवध पुगेका छैनन् । अहिले ङातापोल बनेपछि नबाबको दरबारमा पनि नेपालको कीर्ति पुगेको छ । तवधिकले आफ्नो तर्क बलियो बनाए । अब राजा म्लान देखिन छाडे । उनका औंला कमरबन्द मिलाउन चल्मलाए ।

उपाध्याजुले सिद्धिलक्ष्मी र भैरवलाई प्रसन्न गर्न कोट्याहूति गर्ने सल्लाह पनि दिएका छन् । यसले प्रकोपबाट राज्यलाई सुरक्षित राख्छ । तवधिकले प्रसंग फेरे । मेरो रायमा त कान्तिपुरतिरका नाका बन्द गरे बेस हुने, उनले थपे । राजाले सुझाव अँ भनेर स्वीकारे ।

तर, आपत पर्नेहरुलाई नाकाद्वार खोल्दिनू, राजाले सबैतिर दृष्टि पुर्याए । कसैलाई जूठो पर्ला । कोही तीर्थ जाने होलान् । पाने जक मते । यताबाट जाने अथवा उताबाट आउनेलाई । कोही व्यापारी पनि राज्यभित्र पस्ने ढिपी गर्छन् भने अनुमति दिनू । प्रत्येक नाकामा एक एकजना वैद्यलाई राख्नू । इनाचोका तुयू वैद्यलाई रेखदेख गर्न भन्नू । आवतजावत गर्नेको लक्षण हेर्न लगाउनू । यहाँको के विचार । ज्यू ला राजाले थपे ।

ज्यौ । बेस भन्नुभयो । यति भनेर उनी जान तयार देखिए । राजाले संक्षिप्त भलाकुसारी गरेर उनलाई बिदा दिए । केही समय नबित्दै राजाले आफ्नो हृदय फेरि अव्यवस्थित भएको पाए । उनी अरु चिन्ताग्रस्त देखिए । मनलाई स्थिर राख्न पलेंटी कसेर बसे । पलङछेउ होचो खटिया थियो । त्यसमा एउटा नीलो कपडाको पोको थियो । राजाले पोको उठाएर खोले । त्यसभित्र ताडपत्र ग्रन्थको एक चाङ थियो ।
राजाले पढ्न थाले—

स्वप्नान्तं जागरीतानां चौभौ येनानुपश्यति ।
महान्तं विभुमात्मानं मत्वा धीरो नशोचति ।।

राजाको खोपी बाहिरको लङमा ज्ञानीथकुं जाँदै थिई । रानीकी सुसारे । अहिले उसले मासुका ५६ व्यञ्जन बनाउने जिम्मा लिएकी थिई । मासु परिकारका नाइके हाकुजुको रोहबरमा भ्याइनभ्याई थियो । राजाको उदात्त स्वर सुनेर ऊ एकछिन अडिई । अनि विस्तारै भरेङ ओर्ली । दलानमा लहरै ठडिएका काठका खम्बालाई छुदै गई ।

...


(आजभन्दा झण्डै तीन सय वर्षअघि आजको काठमाडौंमा फैलिएको महामारी बारे ऐतिहासिक उपन्यास ‘रणहार’मा वर्णित दृश्य हुन् यी । १७७२ सालदेखि पाँच वर्ष १७७९ भदौंसम्म चलेको भनिएको यो महामारीबाट कान्तिपुरका राजा महीन्द्रसिंहदेव (भाष्कर मल्ल) सहित १८७१४ ज्यान गएको इतिहासमा उल्लेख छ। 

पुरातत्व विभागको प्रकाशन प्राचीन नेपालको एक अंकमा श्यामसुन्दर राजवंशीले ‘राजा महीन्द्रसिंहदेव (भाष्कर मल्ल)को तमसुक ताडपत्र’ शीर्षकको आलेखमा लेखेका छन्, ‘...एक दिन एक ज्यापू (किसान) खेतबाट आइरहेको थियो र राजाले देखेर महामारी रोग अहिले कस्तो छ भनी सोध्न थाले । तब त्यस ज्यापूले महामारी रोग बिल्कुलै शान्त भइसक्यो भनी बिन्ती गरे ।
यति कुरा सुनेर राजा किण्डोलमा बन्दी सरह बसिरहन मन नलागेर झ्यालबाट हाम्फालेर भागी हनुमानढोका दरबारमा गए । राजाको साथसाथैं रानीहरु पनि सँगै गए । त्यही राती राजालाई त्यस महामारी रोगले छोएछ । र त्यही रोगको शिकार भएर राजा महेन्द्रसिंहदेव (भाष्कर मल्ल) को ने.स.८४२ (वि.स. १७७९ ) भाद्रकृण्ण ११ का दिनमा मृत्यु भयो । दाहसंस्कारमा दुई रानी र एक मैजु (रखौटी) राजासँगै सति गए । यिनको मृत्युपछि प्रताप मल्लको वंशमा टुट हुन गई कान्तिपुरको राजसिंहासन अर्को वंशका श्री जगज्जय मल्ल बसे । ’

हुनत २०७५ सालको मदन पुरस्कार समेत प्राप्त ‘रणहार’ उपन्यास हो, तर उपन्यासकार योगेश राजले महामारीवारे वर्णन गरेका अधिकांश विवरण हालसम्म प्राप्त ऐतिहासिक तथ्यसँग मेल खान्छन् । प्लेग आशंका गरिएको त्यो महामारी चित्रणले कोभिड-१९ को यो कहरसँगै मुलुकमा महामारीको इतिहास बुझ्न केही हदसम्म मद्दत पुग्नेछ भन्ने अभिप्रायले यो उपन्यास अंश प्रस्तुत गरिएको हो । -सम्पादक) 

प्रतिकृया दिनुहोस