गैंडाको आक्रमणबाट एकको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार, भरतपुर महानगरपालिका २२ का पूर्णबहादुर कुमालको ज्यान गएको हो।
राष्ट्रिय निकुञ्जको कोर एरियामा निउरो टिप्न गएका वेला गैंडाको आक्रमणमा परी उनको मृत्यु भएको रुपाखेतीले बताए।
“राप्ती नदीको किनार सितामाई भन्ने ठाउँमा दिउँसो एक्लै न्यूरो टिप्न गएको वेला गैंडाको आक्रमणमा परेर ज्यान गएको हो” उनले भने।