लिबियाका पूर्व प्रधानमन्त्रीको कोरोनाभाइरस संक्रमणबाट निधन
लिबियाका पूर्व प्रधानमन्त्री महम्मद जिब्रिलको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको छ ।
६८ वर्षिय उनलाई २६ मार्चमा कोरोनाभाईरस संक्रमण भएको पुष्टि भएको बीबीसीले जनाएको छ।
कोरोनाभाईरस संक्रमण पुष्टि भएसँगै इजिप्टको राजधानी कायरोमा क्वारेन्टाईनमा बस्दै आएका जिब्रिलको त्यहीँ निधन भएको हो ।
उनी सन् २०११ मा गृहयुद्धका बेला साढे सात महिना लिबियाको अन्तरिम प्रधानमन्त्री भएका थिए ।
विश्वभरि अहिलेसम्म ६७ हजार ९२७ जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भइसकेको छ ।