नेपालमा कोरोनाभाइरसका संक्रमित ६ जना पुगे
नेपालमा थप एक जनालाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा छैटौं कोरोना संक्रमित भेटिएको पुष्टि भएको जानकारी दिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरे अनुसार दोस्रो, पाँचौ र अहिले भेटिएका छैटौं संक्रमित तीनै जना ४ चैतमा कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएका थिए।