खेलकुद शनिबार, फागुन २४, २०७६

कोरोनाका कारण सवै फुटबल लिग स्थगित

हिमालखबर

कोरोनाका कारण सवै फुटबल लिग स्थगित

कोरोना भाइरसको संक्रमणबाट बच्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले सवै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लिगहरु स्थगित गरेको छ ।

चैतमा विश्वकप छनोट खेल अन्तर्गत अष्ट्रेलिया र चाइनिज ताइपेई विरुद्धको खेल पनि स्थगित गरिएको छ । खेल स्थगित गर्न फिफा र एएफसी समेत सहमत भएका छन् ।

एन्फाले ३ चैतबाट शुरु हुने भनिएको महिला राष्ट्रिय लिग स्थगित गरेको छ । यस्तै पुरुष राष्ट्रिय टीमको प्रशिक्षण समेत स्थगित गरिएको छ ।

एन्फाले सवै जिल्ला फुटबल संघलाई फुटबल प्रतियोगिता नगर्न निर्देशन दिइसकेको छ । अर्को सूचना जारी नभएसम्म सवै फुटबल लिग स्थगित गरिएको एन्फाले जनाएको छ ।

प्रतिकृया दिनुहोस