तीन शीर्ष नेताको प्रस्तावः खतिवडालाई निरन्तरता, वामदेवलाई मनोनयन
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तीन शीर्ष नेताहरूले राष्ट्रियसभामा उपाध्यक्ष वामदेव गौतमलाई नै मनोनयन गर्ने र अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई निरन्तरता दिने प्रस्ताव बालुवाटार पठाएका छन्।
अध्यक्ष पुष्पकमल दाहाल निवासमा बसेको तीन शीर्ष नेताको बैठकले पार्टीमा देखिएको विवाद समाधानका लागि उपाध्यक्ष वामदेव गौतमलाई मनोनयन गर्ने र अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई निरन्तरता दिने प्रस्ताव बालुवाटार पठाएका छन्।
शुक्रबार बिहान बसेको तनि शीर्ष नेताको बैठकले विवाद समाधानका लागि यस्तो उपाय निकालेको हो।
नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने बुधबार बसेको सचिवालय बैठकले निर्णय गरेको थियो। तर, बैठकपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा गौतमलाई लैजान नसक्ने भन्दै अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिने बताएका थिए ।
पार्टीमा विवाद बढेपछि शुक्रबार खुमलटारमा बसेको अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालको बैठकले मध्यमार्गी बाटो निकालेको हो । सभासद नभए पनि ६ महीनासम्म मन्त्री बनाउन सक्ने अधिकार प्रधानमन्त्रीलाई भएकाले युवराज खतिवडलाई निरन्तरता दिन सकिने प्रस्ताव पठाएका हुन्।