समाचार विहीबार, फागुन १५, २०७६

एउटै मञ्चमा ओली, दाहाल र नेपाल

हिमालखबर

एउटै मञ्चमा ओली, दाहाल र नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बाग्मती प्रदेशको प्रशिक्षण काठमाडौंको रामशाह पथस्थित यलम्बर पार्टी प्यालेसमा शुरु भएको छ ।

कार्यक्रममा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल तथा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल सहभागी छन् ।

प्रशिक्षणमा बाग्मती प्रदेशका १३ जिल्लाका नेता, कार्यकर्ता, प्रदेश सांसद, मन्त्री गरी २ हजार १ सयलाई प्रशिक्षणका लागि बोलाइएको नेकपाले जनाएको छ ।

बुधबार वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने पार्टी सचिवालयको निर्णय र सो निर्णयमा ओलीको असहमतिले पार्टीभित्र संकट पैदा गराएको छ । यस्तो समयमा शीर्ष नेताहरु एउटै मञ्चमा उपस्थित भएपछि यसलाई चासोका साथ हेरिएको छ ।

प्रतिकृया दिनुहोस