आत्महत्या दुरुत्साहन आरोपमा दुई पक्राउ
आत्महत्या दुरुत्साहन गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
माेरङ सुन्दरहरैंचा–५ गौशाला डेरा गरी बस्ने प्रिती तिम्सिना (१९) ले ८ फागुनमा आफ्नै डेरामा सलको पासो लगाई आत्महत्या गरेकाे माेरङ प्रहरीले जनाएकाे छ।
घटनास्थलमा उनले प्रयोग गर्ने मोबाइल फोन र सुसाइड नोट फेला परेको थियो। तिम्सिना सोही स्थानका गुरुप्रसाद अधिकारीकी श्रीमती हुन्।
सुसाइड नोटमा रिषि र दाजलिङ क्वीन नामको फेसबूक आइडी प्रयोग गर्ने दीपाले तिम्सिनाको अश्लील फोटो पोस्ट गरिदिने भन्दै ब्ल्याकमेल गर्दै पैसा असुलिरहेको उल्लेख भएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए । सो मितिमा समेत पैसा मागेकाले पैसा नहुँदा आत्महत्या गर्नुपरेको सुसाइड नोटमा उल्लेख छ ।
दाजलिङ क्वीन नामक फेसबूक आईडी प्रयोग गर्ने दीपा र रिषि भन्ने रिषिराम भट्टराईलाई पक्राउ गरी आवश्यक कारवाही भएरहेको पनि एसपी अधिकारीले बताएका छन्।