समाचार मंगलबार, फागुन १३, २०७६

हिंसात्मक बन्दै दिल्लीको आन्दोलन : ७ जनाको मृत्यु, सयौं घाइते

हिमालखबर

हिंसात्मक बन्दै दिल्लीको आन्दोलन : ७ जनाको मृत्यु, सयौं घाइते

भारतको उत्तरपूर्वी दिल्ली मंगलबार पनि तनावग्रस्त बनेको छ । महीनौंदेखि जारी नागिरकता कानून संशाेधन विधेयकको विरोध आइतबारबाट हिंसात्मक बन्दै गइरहेको छ ।

मंगलबार बिहानसम्म दिल्लीमा एक जना प्रहरी अधिकृतसहित ७ जनाको ज्यान गएको छ भने करीब १०० भन्दा बढी घाइते भएका छन् । त्यसमध्ये ४८ जनाको अवस्था गम्भीर भएको भन्दै अस्पतालमा भर्ना गरिएको छ ।

प्रदर्शनमा प्रहरी, विवादास्पद नागरिकता कानून संशाेधन विधेयक विरोधी र बिजेपी समर्थकहरू बीचमा पटकपटक झडप भएको छ । ढुंगामुढा र केही प्रदर्शनकारीले सोमबार दिउँसै हातमा रिभल्वर बोकेर अन्धाधुन्ध फायर गरेका दृश्य सञ्चार माध्यमहरूले प्रशारण गरेका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतको भ्रमणमा रहेकै बेला भड्किएको हिंसात्मक आन्दोलनलाई कसरी मत्थर बनाउने भन्ने विषयमा छलफल गर्न केन्द्र सरकारका गृहमन्त्री अमित शाहकाे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई भेट्ने कार्यक्रम रहेको छ ।

सोमबार भारत आइपुगेका ट्रम्प मंगलबार साँझसम्म अमेरिका फर्किने कार्यक्रम रहेको छ ।

भारत सरकारले ल्याएको विवादास्पद नागरिकता कानूनको विरोधमा महीनौंदेखि शृंखलाबद्ध प्रदर्शन भइरहेका छन् । मुस्लिम, महिला र अल्पसंख्यक समुदायले यस कानूनको विरोध गर्दै आफूमाथि राज्यले नागरिकता खोस्ने प्रपञ्च गरिरहेको आरोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस