प्रधानमन्त्री ओली र दाहालबीच भेटवार्ता
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
अध्यक्ष दाहाल प्रधानमन्त्रीसँग भेटवार्ता गर्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार, दुई अध्यक्ष बीच समसायिक विषयमै छलफल भएको छ ।
उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजान संविधान संशोधनको गृहकार्य गर्न कार्यदल गठनको विषय सार्वजनिक भएपछि अध्यक्ष ओली र दाहाल बीच बिहानै भेटवार्ता भएको हो ।