मौसमको खराबीले तीन जहाज होल्डमा, एउटा विमान भारतको पटना डाइभर्ट
शुक्रबार बिहानैदेखि मौसममा आएको खराबीका कारण तीन वटा अन्तर्राष्ट्रिय र केही आन्तरिक उडानहरु होल्ड भएका छन् ।कतारबाट काठमाडौं आएको कतार एयर, मलेसियाबाट आएको मालिन्दो र बैंककबाट आएको थाइ एयरलाइन्स होल्डमा परेका हुन ।
ओमानबाट आएको सलाम एयर आधा घण्टा होल्ड गरेपछि भारतको पटना डाइभर्ट भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
विमानस्थल कार्यालयका अनुसार केहीसमय होल्ड गरेर अवतरण हुनसक्ने भएकोले अहिलेपनि दुईवटा जहाज काठमाडौं वरीपरिकै आकासमा घुमिरहेका छन् ।
मौसमले गर्दा आन्तरिक उडानलाई भिजिबिलीटी कम भएको कारण ढिलो भइरहेको विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले बताए । उनका अनुसार मौसम खराब भएकोले केही डिलो भएको हो ।
शुक्रबारका निर्धारित आन्तरिकतर्फका १२० वटा उडानमहरु बिहानैदेखि ढिलो र रद्द भइरहेका छन् । विमानस्थलका अनुसार बुद्ध, यती र सिम्रिक गरी तीन वटा वायुसेवाका माउन्टेन, पोखरा, तुम्लिङटार र भरतपुर गरी साढे एक बजेसम्ममा २५ वटा उडान रद्द भइसकेको छ ।
अन्य वायुसेवाका पनि उडान ढिलो भएका कारण बेलुकासम्ममा रद्द हुने उडान अझै थपिने जानकारी आन्तरिक विमानस्थल कार्यालयले जानकारी दिएको छ ।