सञ्चारमन्त्रीलाई बर्खास्त गर्न कांग्रेसकाे माग
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना, प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गर्न माग गरेकाे छ ।
बिहीबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले मन्त्री बाँस्कोटालाई बर्खास्त गर्न माग गरेका हुन् । सेक्युरिटी प्रिन्टिङ खरीद प्रक्रियामा स्वीस कम्पनीका नेपाली एजेन्टसँग मन्त्री बाँस्कोटाले कमिसन बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो ।
अडियो सार्वजनिक भए पछि प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै मन्त्री बाँस्कोटाको राजीनामा मागेका हुन् ।