नायिका महिमा सिलवालको सवारी दुर्घटनामा मृत्यु
नायिका महिमा सिलवालको बसको ठक्करबाट मृत्यु भएको छ । बुधबार साँझ उनी सवार स्कुटरलाई बसले ठक्कर दिदा महिमाको मृत्यु भएको हो ।
काठमाडौंबाट घर जाँदै गरेकी महिमा चढेको बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई लु २ ख १३५ नम्बरको बसले ठक्कर दिएको थियो । धादिङको गजुरीमा बिपरीत दिशाबाट आइरहेको बसले ठक्कर दिएपछि महिमाको मृत्यु भएको थियो ।
उनीसँगै, स्कुटरमा रहेकी बहिनी सर्मिलाको भने काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।