थप समाचार मंगलबार, माघ २८, २०७६

दिल्लीमा केजरीवालको पार्टी पुन: विजयी, बीजेपीलाई ८ सिट, कांग्रेसकाे शून्य

हिमालखबर

दिल्लीमा केजरीवालको पार्टी पुन: विजयी, बीजेपीलाई ८ सिट, कांग्रेसकाे शून्य
तस्वीर: गेट्टी इमेजेज्

दिल्ली विधानसभा चुनावमा आमआदमी पार्टीले अत्यधिक बहुमतले विजय हासिल गरेको छ । यसपटक पनि दिल्लीको सत्ता आमआदमी पार्टीको हातमै रहेको छ ।

भारतीय जनता पार्टीलाई ८ सिट प्राप्त भएको छ भने कांग्रेस पार्टीले यसपटक पनि कुनै सिट जित्न सकेन ।

भारतीय जनता पार्टीले यसअघि तीन सिट जितेकोमा यसपटक ५ सिट बढाएर ८ पुर्‍याएको हो । सन् २०१५ को चुनावमा ६७ सिट जितेको आमआदमी पार्टीले यसपटक भने ५ सिट गुमाउँदै ६२ सिट जितेको छ ।

यसअघि बीजेपीका दिल्ली अध्यक्ष मनोज तिवारीले ४८ सिट जित्ने दाबी गरेका थिए । 

यससँगै अब अरविन्द केजरीवाल तेस्रोपटक दिल्लीको मुख्यमन्त्री बन्ने भएका छन् । यो आमआदमी पार्टीको लगातार तेस्रो जित हो । जितपछि अरविन्द केजरिवाल र उनको आमआदमी पार्टीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्।–एजेन्सी

प्रतिकृया दिनुहोस