सवारी दुर्घटनामा १९ घाइते
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा शनिबार बिहान भएको सवारी दुर्घटनामा १९ यात्रु घाइते भएका छन् ।
दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ७ ख ६२६८ नं को ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ४४२४ नं को बस एकआपसमा ठक्कर खाँदा बस चालकसहित १९ यात्रु घाइते भएका हुन् ।
दुर्घटनामा घाइते बस चालक चितवन जिल्ला भरतपुर महानगरपालिका–२७ का ४२ वर्षीय किरण काफ्लेसहित १९ यात्रुको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए ।
बस चालक काफ्लेको हात, खुट्टा र गालामा चोट लागेको छ । ट्रक र त्यसका चालक प्रहरीको नियन्त्रणमा छ । पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवामा गए राति भएको कार दुर्घटनामा छ जना घाइते भएका छन् ।
कावासोतीबाट पोखरातर्फ आउँदै गरेको बा १३ च ८४८१ नं को कार अनियन्त्रित भई सडकबाट पल्टदा छ जना घाइते भएका हुन् । घाइते सबैको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार पश्चात् डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।