कार सिकाउँदा एकजनाको मृत्यु
कार सिकाउँदै गर्दा दुर्घटना हुँदा गएराति एकजनाको मृत्यु तथा एक घाइते भएका छन् ।
मृत्यु हुनेमा कार धनी दशरथचन्द नगरपालिका–४ शाहीलेकका २८ वर्षीय हरीश तिरुवा रहेकाे बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए।
दुर्घटनामा परी कृषि विकास ब्यांक शाखा शाहीलेक बैतडीका शाखा प्रबन्धक डिकरदेव पाण्डेय घाइते भएका छन् । बा६प ९१९९ नंको सो कार दशरथचन्द नगरपालिका–२ देहीमाडौँस्थित घुसल्ला मोड नजिकै निर्माणाधीन क्याम्पसको मैदानमा सिकाउने क्रममा दुर्घटनामा परेको हो ।
दुर्घटनाग्रस्त कार मैदानभन्दा करीब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।