टिपरको ठक्करबाट कंलकीमा दुई जनाको मृत्यु
कंलकीको अण्डर पासमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
बुधबार राति १२ बजेतिर प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटर साइकललाई टिपरले ठक्कर दिएको थियो । टिपरको ठक्करबाट मोटरसाइकल चालक रौतहट कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राजेशकुमार चौधरी र पछाडि बसेकी कटहरिया ७ की २४ वर्षीया मुन्ना चौधरी घाइते भएकी थिइन् ।
दुवै जनाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिएर भागेको टिपर फेला पर्न सकेको छैन । प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ ।