समाचार बुधबार, माघ २२, २०७६

ललिता निवास जग्गा प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङविरुद्ध मुद्दा दायर

हिमालखबर

ललिता निवास जग्गा प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङविरुद्ध मुद्दा दायर

ललिता निवास जग्गा प्रकरणमा अख्तियारले भाटभटेनी डेभलपमेन्ट प्रालिका सञ्चालक मिनबहादुर गुरुङविरुद्ध पनि मुद्दा दर्ता गरेको छ ।

सरकारी जग्गा व्यक्तिका नाममा गरेर भ्रष्टाचार गरेको आरोपमा गुरुङविरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा दायर गरेको मुद्दामा भाटभटेनी सुपरमार्केटमा सञ्चालक समेत रहेका गुरुङविरुद्ध ११ करोड २० लाख बराबरको जरिवाना र त्यतिकै विगो असुल उपर गर्न माग गरिएको छ ।

प्रतिकृया दिनुहोस