मृत अवस्थामा भेटिए वडाध्यक्ष
अछाम पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष मृत अवस्थामा भेटिएका छन् ।
मंगलबार बिहान वडाध्यक्ष पदमबहादुर धामी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । वडाध्यक्ष धामीको हत्या भएको हुनसक्ने आशंका पछि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।