पोलिटब्यूरोलाई राष्ट्रपति सीको ब्रिफिङ : चीनको महत्वपूर्ण काम कोरोनाभाइरस नियन्त्रण
चीनका राष्रट्रपति सी जिनपिङले सोमबार बसेको चिनिया कम्युनिष्ट पार्टीको बैठकलाई सम्बोधन गर्दै कोरोनाभाइरस नियन्त्रण गर्नु अहिलेको महत्वपूर्ण कार्य भएको बताएका छन् ।
चीनको राष्ट्रिय टेलिभिजनले जनाएअनुसार पोलिटब्यूरो बैठकको अध्यक्षता गरेका सीले चीनले बैज्ञानिक अनुसन्धानमार्फत कोरोनाभाइरसको औषधि बनाउने बताए ।
चीनले यसका लागि छिट्टै एउटा प्रोजेक्टको थालनि गर्ने उनको भनाइ थियो ।
- एजेन्सी