सार्वजनिक शौचालय नहुँदा पानी नखाई हिंड्नुपर्छ, –सांसद विक
प्रतिनिधिसभाकी सांसद आशाकुमारी विकले काठमाडौंमा सार्वजनिक शौचालय नभएकाले घर बाहिर हिंड्दा पानी नखाई हिंड्नुपर्ने अवस्था रहेको बताएकी छिन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै सांसद विकले काठमाडाैं उपत्यकामा सार्वजनिक शौचालय नहुँदा लाखौँलाई समस्या भइरहेको बताइन् ।
उनले भनिन्, देश खुला दिसामुक्त भइसक्यो तर देशकै संघीय राजधानीमा दिसापिसाब गर्न पाइँदैन, शौचालय भए पनि पानी हुँदैन । रिङरोडमा सार्वजनिक गाडी चलाउनेलाई पनि त्यत्तिकै समस्या छ, शौचालय भएको ठाउँमा गाडी रोक्न पाइँदैन, गाडी रोक्न मिल्ने ठाउँमा सार्वजनिक शौचालय छैन ।”
उनले तत्काल मापदण्ड अनुसारका राजधानीका लागि पर्याप्त सार्वजनिक शौचालय बनाउन सरकारको ध्यानाकर्षण गराएकी छिन् ।