राष्ट्रियसभाका सवै सिटमा नेकपा गठबन्धन विजयी, कांग्रेसले गुमायो सात सिट
बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सवै उम्मेद्वार विजयी भएको छ । १८ मध्ये १६ सिटमा नेकपाले जितेको छ । बाँकी दुई सिट भने नेकपाले गठबन्धन गरेको राष्ट्रिय जनता पार्टीका सांसद विजयी भए ।
नेपाली कांग्रेस र उसले गठबन्धन गरेको समाजवादी पार्टीका भने सवै उम्मेद्वार पराजित भएका छन् । यो सँगै, कांग्रेसले राष्ट्रियसभामा सात सिट गुमाएको छ ।
बिहीबार भएको निर्वाचनबाट प्रदेश–१ मा नेकपाका उम्मेद्वारहरु गोपी अछामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भए । प्रदेश–२ बाट नेकपाका तुलसाकुमारी दाहाल र राधेश्याम पासवान विजयी भए भने राजपाका शेखरकुमार सिंह र मृगेन्द्रकुमार सिंह निर्वाचित भए ।
बागमतीबाट नेकपाका गंगाकुमारी बेलबासे र देवुराम भुसाल निर्वाचित भए । गण्डकी प्रदेशमा दुई पदका लागि भएको दुवै सिट नेकपाले जित्यो । नेकपाका उम्मेद्वार नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने विजयी भए ।
प्रदेश–५ बाट नेकपाकै बिमला घिमिरे र जगप्रसाद शर्मा विजयी भए । कर्णाली र सूदुरपश्चिमबाट पनि नेकपाकै उम्मेद्वार विजयी भए । कर्णाली प्रदेशबाट सुमित्रा बिसी र मायाप्रसाद शर्मा तथा सूदुरपश्चिम प्रदेशबाट शारदादेवी भट्ट र तारामान स्वाँर विजयी भए ।
कांग्रेसले समाजवादी पार्टीलाई २ सिट दिएर गठबन्धन गरेको थियो । तर, एकै सिट पनि जित्न सकेन ।