पोखराको लेकसाइडबाट दीपक मनाङ्गे पक्राउ
पोखराको लेकसाइडबाट गण्डकी प्रदेश सांसद दीपक मनाङ्गे भनेर चिनिने राजीव गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि मुक्का प्रहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले भने, "उहाँमाथि हातपात गरेको मुद्दा परेको थियो । अनुसन्धानका लागि पक्राउ गरिएको हो ।"