अनुमति बिना ह्यारी र मेगनको तस्वीर खिच्नेलाई कार्बाहीको चेतावनी
ह्यारी र मेगनले अनुमति बिना आफ्नो तस्वीर खिच्नेलाई कानूनी कार्बाहीको चेतावनी दिएका छन् ।
ब्रिटिसको शाही पद त्याग्नु अगाडि र त्यस पछाडि समेत आम सञ्चार माध्यमका कारण आजित भएको प्रतिक्रिया दिदैं आएका ह्यारी र मेगनले यस्तो चेतावनी दिएका हुन् ।
लामो लेन्सको प्रयोग गरी घरभित्रैको तस्वीर खिच्ने भएको भन्दै गोपनियताको हक हक पालना नभएको भन्दै कानूनी कार्बाहीको चेतावनी दिएका हुन् ।
मेगनले छोरा बोकेर कुकूर डोर्याउँदै हिडेको तस्वीर लुकेर खिचिएको प्रति उनले आपत्ति जनाएका छन् । यसरी तस्वीर खिचेर दुव्र्यवहार गरेको उनीहरुको आरोप छ ।